चाडपर्वमा उपभोक्तालाई सहुलियत दिन तीन करोड

सरकारले यो वर्ष चाडर्वमा उपभोक्तालाई सहुलियत दिनका लागि ३ करोड रुपैयाँ छुट्याएको छ । दसैं तिहार र छठलाई लक्षित गरेर उपभोक्तालाई सुपथ पसल सञ्चालन गरेर सहुलियत दिनका लागि ३ करोड २५ लाख रुपैयाँ छुटयाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । गत वर्ष पनि सोही बराबरको रकम छुटाएको थियो । मन्त्रालयले कार्यक्रममै बजेट […]

सम्बन्धित सामग्री

एडिबीद्वारा १३ अर्बको सहुलियत ऋण स्वीकृत

एसियाली विकास बैंक (एडीबी) ले नेपालको वित्तीय व्यवस्थापनको लागि १० करोड अमेरिकी डलर (१३ अर्ब २९ करोड रूपैयाँ) सहुलियत ऋण स्वीकृत गरेको छ।...

विश्व बैंकले १३ अर्ब सहुलियत ऋण दिने

हरियाली, जलवायु–उत्थानशील र समावेशी विकास (ग्रिड)मा १० करोड सहायताका लागि विश्व बैंक र नेपालबीच सम्झौता विश्व बैंकले नेपाललाई करिब १३ अर्ब रुपैयाँ सहुलियत ऋण दिने भएको छ । नेपाललाई हरियाली, जलवायु–उत्थानशील र...

पर्यटन सहुलियत कर्जाको सीमा ५० करोड पु¥याउन हानको माग

होटल व्यवसायीहरूले कोरोना महामारीका कारण पर्यटन उद्योगको आर्थिक अवस्थामा सुधार नआएको भन्दै सहुलियत कर्जाको सीमा २० करोडबाट बढाएर ५० करोड रुपैयाँ पु¥याउन माग गरेका छन् ।कतिपय होटलले सहुलितय कर्जा प्राप्त गर्न नसकेको र कार्यान्वयन हुन नसकेकाले सहजीकरण गर्दै कार्यान्वयन भए वा नभएको अनुगमन गर्न निजी क्षेत्र सम्मिलित अनुगमन समिति बनाउ पनि उनीहरूको माग छ ।होटल […]

सहुलियत कर्जामा उपलब्ध गराउन १३ अर्ब ५९ करोड विनियोजन

काठमाडौं : सरकारले सहुलियत कर्जा वितरणको लागि बजेट विनियोजन गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले सहुलियत कर्जामा ब्याज अनुदान उपलब्धि गराउने १३ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको बताएका हुन्। विपन्न, दलित तथा पिछडिएको क्षेत्र, वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई सरकारले सहुलियत कर्जा उपलब्ध गराउने बताए।

लमजुङका किसानले पाए १२ करोड सहुलियत कर्जा

लमजुङ । लमजुङका ९९ किसानलाई विभिन्न बैंकद्वारा १२ करोड ११ लाख ७४ हजार रुपैयाँ ऋण प्रदान गरिएको छ । गत आर्थिक वर्षमा जिल्लामा विभिन्न आठओटा सरकारी, निजी बैंक तथा वित्तीय संस्थाले किसानलाई उक्त रकम प्रदान गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले बताएको छ ।    सरकारले व्यावसायिक कृषि प्रवद्र्धनका लागि विशेष सहुलियत व्यवस्था गरेसँगै सरकारी स्वामित्वमा रहेका वित्तीय संस्थाले व्यावसायिक आधार मूल्यांकन गर्दै विशेष ऋण प्रवाह गरेको हो । कार्यालय प्रमुख डा. रूपेश श्रेष्ठका अनुसार यसरी ऋण प्रदान गर्नेमध्ये सबैभन्दा धेरै कृषि विकास बैंकले दिएको छ । उक्त बैंकले ४० जना पशुपालक किसानलाई ३ करोड ३३ लाख रुपैयाँ ऋण दिएको छ । नेपाल बैंकले १० जना किसानका लागि १ करोड १२ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले चार जना किसानका लागि ५९ लाख रुपैयाँ ऋण प्रदान गरेको छ । सरकारी बैंकबाहेक जिल्लाका निजी बैंकले समेत सहुलियत ब्याजमा ऋण दिने गरेको पाइएको छ । निजीमध्ये सिद्धार्थ बैंकले सबैभन्दा धेरै २० जना किसानका लागि ३ करोड ४६ लाख रुपैयाँ ऋण दिएको छ । बैंकले किसानलाई पशुपक्षी तथा मत्स्यपालनका लागि ऋण दिएको थियो । त्यस्तै, ग्लोबल आइएमईले सात जना किसानलाई ६८ लाख रुपैयाँ ऋण दिएको उक्त केन्द्रका प्रमुख श्रेष्ठको भनाइ छ । उनका अनुसार एभरेष्ट बैंकले १० किसानलाई १ करोड १८ लाख ७४ हजार रुपैयाँ सहुलियत ऋण दिएको छ भने प्राइमले ६ जना किसानलाई १ करोड ५३ लाख रुपैयाँ सहुलियत ब्याजमा ऋण दिएको छ । त्यस्तै, एनएमबि बैंकले सबैभन्दा कम दुईजना किसानका लागि २५ लाख रुपैयाँ सहुलियत ऋण दिएको छ । पशुसेवा कार्यालय लमजुङका प्रमुख श्रेष्ठका अनुसार जिल्लामा रहेकामध्ये १५ ओटा बैंक तथा वित्तीय संस्थामध्ये आठओटाले मात्रै सहुलियत ऋण सेवा प्रवाह गरेको पाइएको छ । रासस

लमजुङका ९९ जना किसानले पाए बैंकबाट १२ करोड सहुलियत कर्जा

भदौ १६, लमजुङ । यहाँका पशुपालन क्षेत्रका ९९ किसानलाई विभिन्न बैंकद्वारा १२ करोड ११ लाख ७४ हजार रुपैयाँ ऋण प्रदान गरिएको छ । गत आर्थिक वर्ष जिल्लामा विभिन्न आठ ओटा सरकारी, निजी बैंक तथा वित्तीय संस्थाले किसानलाई उक्त रकम प्रदान गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले बताएको छ ।            सरकारले व्यावसायिक कृषि प्रवद्र्धनका लागि विशेष सहुलियत व्यवस्था गरेसँगै सरकारी स्वामित्वमा रहेका वित्तीय संस्थाले व्यावसायिक आधार मूल्याङ्कन गर्दै विशेष ऋण प्रवाह गरेको हो । कार्यालय प्रमुख डा रुपेश श्रेष्ठका अनुसार यसरी ऋण प्रदान गर्नेमध्ये सबैभन्दा धेरै कृषि विकास बैंकले दिएको छ । उक्त बैंकले ४० जना पशुपालक किसानलाई ३ करोड ३३ लाख रुपैयाँ ऋण दिएको छ ।            नेपाल बैंकले १० जना किसानका लागि १ करोड १२ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले चार जना किसानका लागि ५९ लाख रुपैयाँ ऋण प्रदान गरेको छ । यहाँ सो सरकारी बैंक बाहेक जिल्लाका निजी बैंकलेसमेत सहुलियत ब्याजमा ऋण दिने गरेको पाइएको छ । निजीमध्ये सबैभन्दा धेरै सिद्धार्थ बैंकले २० जना किसानका लागि ३ करोड ४६ लाख रुपैयाँ ऋण दिएको छ । बैंकले किसानलाई पशुपक्षी तथा मत्स्यपालनका लागि ऋण दिएको थियो ।            त्यस्तै, ग्लोबल आइएमईले सात जना किसानलाई ६८ लाख रुपैयाँ  ऋण दिएको उक्त केन्द्रका प्रमुख श्रेष्ठको भनाइ छ । उनका अनुसार एभरेष्ट बैंकले १० किसानलाई १ करोड १८ लाख ७४ हजार रुपैयाँ सहुलियत ऋण दिएको छ भने प्राइमले छ जना किसानलाई १ करोड ५३ लाख रुपैयाँ सहुलियत ब्याजमा ऋण दिएको छ ।            त्यस्तै, सबै भन्दा कम एनएमबी बैंकले दुई जना किसानका लागि २५ लाख रुपैयाँ सहुलियत ऋण दिएको छ । पशुसेवा कार्यालय लमजुङका प्रमुख श्रेष्ठका अनुसार जिल्लामा रहेकामध्ये १५ ओटा बैक तथा वित्तीय संस्थासँग ऋणप्रवाहको तथ्याङ्क माग गरे पनि जम्मा आठ ओटा बैंकले मात्रै सहुलियत ऋण सेवा प्रवाह गरेका छन् ।    रासस

चाडपर्वमा अत्यावश्यक खाद्यवस्तुमा सहुलियत दिन सरकारले तीन करोड छुट्यायो

काठमाडौं । सरकारले चाडपर्वमा अत्यावश्यक खाद्यवस्तुमा सहुलियत प्रदान गर्नका लागि ३ करोड रुपैयाँ छुट्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयल सहुलियत दिने उद्देश्यले यस वर्षको चाडपर्वका लागि ३ करोड २५ लाख रुपैयाँ छुट्टाइएको हो । सरकारले दसैं, तिहार र छठ चाडपर्वमा सर्वसाधारणलाई सहुलियत प्रदान गर्दै आएको छ । सोही अनुसार यो वर्ष पनि दसैं, […]