ग्यालरीको चक्कर मार्न रहर भएर बिहीबार उपत्यकाका तीनवटा कला ग्यालरीमा छिर्ने जमर्को गरेँ– आर्ट काउन्सिल, एमक्युब आर्ट ग्यालरी र तारा आर्ट ग्यालरी । यीमध्ये नेपालको सबैभन्दा ठूलो ग्यालरी आर्ट काउन्सिल हो । त्यसपछिको अर्को ठूलो र महत्त्वको ग्यालरी हो, सिद्धार्थ ग्यालरी । यतिखेर मिथिलाले कला प्रदर्शनीले आर्ट काउन्सिलको कक्ष झकिझकाउ देखिएको छ । चित्रकला र भाँडाकुँडा वा उपयोगी कलाको पनि यसैमा समिश्रण हुँदा कला कक्ष आफैँमा कला मेलाको एक भागजस्तै देखिन गएको छ । नेपालमा सन् १९९० ताका नेपा