बेंसीशहरका किसानलाई कृषि उत्पादन वृद्धि गर्न अनुदान

लमजुङ : बेंसीशहर नगरपालिकाले कृषिलाई व्यवसायिकरण र यान्त्रिकरण गर्दै उत्पादन वृद्धिका लागि अनुदानका कार्यक्रमलाई प्रथामिकता दिएको छ।चालु आर्थिक वर्ष बजेट कार्यान्वयन र आगामी वर्षको योजनामा समेत किसानहरूलाई प्रोत्साहन गर्दै व्यवसायिक कृषि उत्पादनलाई बढावा दिन नगरपालिकाले अनुदान व्यवस्था गरेको हो। कृषि अन्तर्गत विभिन्न शीर्षकमा ५० प्रतिशत अनुदानको कार्यक्रम सञ्चालन गर्दै आएको नगरपालिकाले चालु वर्षमा कृषि यान्त्रिकरणतर्फ खेतबारी जोत्न १३८ थान हातेट्याक्टर वितरण गरेको छ। नगरपालिकास्तरबाट १

सम्बन्धित सामग्री

अनुदान दिन थालेपछि दूध उत्पादन बढ्याे

रुकुम पश्चिम – पशु अस्पताल तथा पशु सेवा कार्यालयले दूधमा अनुदान दिन थालेपछि रुकुम पश्चिममा दूध उत्पादन बढेको छ । कार्यालयले दूध उत्पादक किसानलाई प्रतिलिटर पाँच रुपैयाँ अनुदान दिने गरेको छ । आर्थिक वर्ष २०७९/८० मा मात्रै जिल्लामा ५४ लाख ४४ हजार छ सय लिटर दूध उत्पादन भएको थियो । दूधमा प्रतिलिटर पाँच रुपैयाँका दरले किसानलाई प्रोत्साहनस्वरूप रकम उपलब्ध गराइएपछि जिल्लामा दूध उत्पादन वृद्धि भएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका निमित्त प्रमुख ज्ञानुकुमार शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार आव २०७९/८० मा ४५...

कालिकाका दुग्ध उत्पादक किसानलाई अनुदान

चितवन । चितवनको कालिका नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहन स्वरूप ३४ लाख ४७ हजार ६९३ रुपैयाँ अनुदान उपलब्ध गराएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा नगरभित्रका विभिन्न वडामा रहेका समूह, दुग्ध उत्पादक सहकारी संस्थामार्फत दूध विक्री गरेका किसानलाई नगरपालिकाले प्रतिलिटर १ रुपैयाँका दरले उक्त अनुदान रकम उपलब्ध गराएको हो । नगरपालिकाका मेयर विनोद रेग्मीले नगरमा दूध उत्पादन वृद्धि गर्न र किसानलाई व्यावसायिक बनाउन अनुदान रकम उपलब्ध गरिएको बताए । अनुदान वितरणबाट नगरका विभिन्न वडामा २ हजार २४७ जना दुग्ध किसान प्रत्यक्ष लाभान्वित भएका छन् । यो वर्ष सहकारी केन्द्रबाट २२ करोड ४१ लाख ४५ रुपैयाँ र निजी क्षेत्रबाट २४ करोड १३ लाख ३८ हजार ५१० रुपैयाँ बराबरको दूध विक्री भएको नगरपालिकाको तथ्यांक छ । सहकारी केन्द्रमार्फत विक्री भएको दूधका आधारमा प्रत्येक किसानलाई प्रतिलिटर १ रुपैयाँका दरले एकमुष्ट अनुदान उपलब्ध गराएको नगरपालिकाका पशु विकास शाखा प्रमुख ईश्वरीप्रसाद पौडेलले जानकारी दिए । नगरपालिकाले विगत ४ वर्षदेखि १० हजार लिटरभन्दा धेरै दूध विक्री गर्ने किसानलाई अनुदान दिन शुरू गरेको थियो । दुग्ध विकास संस्थानले निर्धारण गरे बमोजिमको मूल्यमा संकलन केन्द्रमा दूध उपलब्ध गराउने किसानलाई नगरपालिकाले अनुदान दिने गरेको हो ।

थाहा नगरपालिकाका तीन सय कृषकलाई अनुदान

मकवानपुर– मकवानपुरको थाहा नगरपालिकाले व्यावसायिक रुपमा दूध बिक्री गर्ने तीन सय कृषकलाई प्रोत्साहनस्वरुप अनुदान वितरण गरेको छ । नगरपालिकाले समूह, सहकारी, फार्म, डेरीमार्फत दूध बेच्ने कृषकलाई वर्षभरि बेचेको दूधको परिमाणका आधारमा अनुदान वितरण गरेको हो । दुग्ध उत्पादक किसानलाई अनुदान उपलब्ध गराउन थालेपछि गाईभैँसीपालन गरी दूध बेच्ने कृषकको सङ्ख्या वृद्धि भएको नगरपालिकाका पशु विकास शाखाका […]

गाेरखा पालुङटारका किसानलाई उन्नत जातको बोका अनुदान

गोरखाको पालुङटार नगरपालिकाले नश्ल सुधारमार्फत मासु उत्पादन वृद्धि गर्न किसानलाई अनुदानमा ‘बोयर’ जातका ब्याड बोका वितरण गरेको छ ।

भरतपुर महानगरले माछा पाल्ने किसानलाई ५० प्रतिशन अनुदान दिने

काठमाडौँ- भरतपुर महानगरपालिकाले व्यावसायिक रुपमा माछा पाल्ने किसानलाई विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ । महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को स्वीकृत पशु सेवा विकास कार्यक्रमअन्तर्गत व्यावसायिक मत्स्य फर्मको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिन लागिएको हो । महानगरले आफ्नो नीति तथा कार्यक्रममा अनुदानले कृषि उत्पादनलाई वृद्धि गर्ने लक्ष्य लिएको छ । विद्युत् महसुलमा अनुदानका […]

गहुँको बीउ उत्पादन गरेका किसानलाई अनुदान रकम प्रदान

कृषि ज्ञान केन्द्र चितवनले गहुँको बीउ उत्पादन गरेका किसानलाई अनुदान रकम प्रदान गरेको छ। भरतपुर महानगरपालिका १४ पटिहानीमा रहेको उन्नत वीज वृद्धि कृषक समुहमा आवद्ध ४ सय२८ जना किसानलाई अनुदान रकम वितरण गरेको हो।...

वास्तबिक किसानले नपाउने भएपछि अनुदान हटायौं : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/ ०८० को बजेटबाट किसानलाई अनुदान दिने कार्यक्रम हटाएर प्रोत्साहन गर्ने नीति लिइएको बताएका छन् ।विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुसहितको प्रतिनिधिमण्डलसँग भएको छलफलमा मन्त्री शर्माले साना किसानलाई प्रोत्साहन गर्न सके उत्पादन वृद्धि हुन सक्ने देखेर यस्तो नीति लिइएको बताए । “गरिब किसाानले लिने थोरै ऋण पनि पुग्न सकेको […]

किसानलाई दूध र तरकारीमा अनुदान

लमजुङ । उत्तरी लमजुङको मस्र्याङ्दी गाउँपालिकाले किसानलाई दूध र तरकारीमा अनुदान दिने भएको छ । पालिकाले दूधमा प्रतिलिटर १० रुपियाँ र तरकारीमा प्रतिकेजी ५ रुपियाँ अनुदान दिने भएको हो । गाउँपालिकाले दुग्ध व्यवसायी कृषकलाई दिँदै आएको अनुदानमा ५ रुपियाँ वृद्धि गरी १० रुपियाँ पुर्याएको हो भने तरकारीमा प्रतिकेजी ५ रुपियाँ अनुदान दिने निर्णय गरेको हो […]

भरतपुर महानगरपालिकाद्वारा दूधमा अनुदान : किसान पशुपालनतर्फ आकर्षित

भरतपुर महानगरपालिकाले किसानलाई दूधमा प्रतिलिटर रु तीन अनुदान दिने भएको छ । विगत दुई वर्षदेखि प्रतिलिटर दूधमा रु एक अनुदान दिँदै आएको महानगरपालिकाले चालू आर्थिक वर्षमा प्रतिलिटर रु दुई बढाएको हो ।भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार दूधको गुणस्तर र उत्पादन वृद्धि गरेर किसानलाई प्रत्यक्ष लाभ पु¥याउने उद्देश्यले अनुदान रुकममा वृद्धि गरिएको हो । यसबाट किसान प्रत्यक्ष रुपमा लाभान्वित हुँदै उत्पादन बढ्ने महानगरपालिकाको लक्ष्य छ । किसानको समस्यालाई बुझेर लाभ पु¥याउने उद्देश्यले क