अप्रिलमा नेपाल आउने पर्यटकको सङ्ख्या झन्डै १६० प्रतिशतले बढ्यो

काठमाण्डाै - अप्रिल महिनामा नेपाल घुम्न आउने पर्यटकको सङ्ख्या अघिल्लो वर्षको तुलनामा झन्डै एक सय ६० प्रतिशतले बढेको छ । यस वर्षको अप्रिल महिनामा ५८ हजार तीन सय ४८ जना विदेशी पर्यटक आएका नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो । यस वर्ष नेपाल आउने पर्यटकमा २२ हजार चार सय ७७ जना भारतीय नागरिक छन् भने बाँकी तेस्रो देशका नागरिक हुन् । अघिल्लो वर्ष अर्थात सन् २०२१ को अप्रिल महिनामा २२ हजार चार सय ५० जना आएका थिए । यस्तै सन् २०२० को अप्रिल महिनामा १४ जना मात्रै विदेशी पर्यटक आएका थिए । कोरोना महाम...

सम्बन्धित सामग्री

घटे नेपाल आउने पर्यटक

काठमाडौं । जुन महिनामा नेपाल भित्रिने पयर्टकहरुको सङ्ख्या घटेको छ । नेपाल पर्यटन बोर्डका अनुसार जुन महिनामा नेपाल भित्रिने पर्यटकहरुको सङ्ख्या करिब १३ हजारले घटेको हो । सन् २०२४ को छैटौं महिना जुनमा ७६ हजार ७३६ पर्यटक नेपाल भित्रिए । मेमा भने ९० हजार २११ पर्यटक नेपाल घुम्न आएका थिए । जुन एक महिनापछि १३ […]

मनोरञ्जनका लागि नेपाल आउने पर्यटक वढे, आम्दानी बढेन्

काठमाडौं, जेठ २२ । मनोरञ्जन, यात्रा तथा भ्रमणका लागि नेपाल आउने पर्यटक बढेका छन् । सन् २०२० मा गरिएको सर्वेक्षणअनुसार ६५ प्रतिशत विदेशी पर्यटक मनोरञ्जन, यात्रा तथा भ्रमणका लागि आउने गरेका थिए । हाल उक्त सङ्ख्या बढेर ६६.८ प्रतिशत पुगेको छ । हालै सार्वजनिक आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार पर्वतारोहण÷साहसिक यात्रा तथा पदयात्राका लागि १०.३, तीर्थयात्राका […]

संक्रमण दर घटेसँगै नेपालमा पर्यटक आगमन सुधारोन्मुख

कोरोनाको संक्रमण दर घटेसँगै नेपालमा पर्यटक आगमन सुधारोन्मुख देखिएको छ । सन् २०२२ को जनवरी र फेब्रुअरीमा नेपाल आउने पर्यटक संख्या सन् २०२१ को सोही अवधिको तुलनामा दोब्बरभन्दा बढी रहेको छ ।  नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२२ को पहिलो २ महिनामा कुल ३६ हजार ७४१ पर्यटक नेपाल आएका छन्, गतवर्षको सोही अवधिमा १८ हजार २० जना पर्यटक नेपाल आएका थिए ।फेब्रुअरीमा १९ हजार ७६६ पर्यटक आएका छन् । यो सन् २०२१ को भन्दा दोब्बर बढी हो । गतवर्षको फेब्रुअरीमा ९ हजार १४६ पर्यटक नेपाल आएका थिए । यस्तै जनवरी महिनाम

लयमा फर्कँदै पर्यटन व्यवसाय, नेपाल आउने पर्यटक बढे

नेपालमा कोरोना संक्रमण कम भएसँगै विदेशी पर्यटक नेपालमा आउने क्रम बढ्न थालेको छ । अध्यागमन विभागले सार्वजनिक गरेको तथ्याङ्कमा फेब्रुअरी महिनामा नेपालमा आउने विदेशीको संख्या वृद्वि हो । यस महिनामा विभिन्न देशबाट नौ हजार १४६ जना विदेशी नेपाल आएकोमा छहजार ८८९ जना आफ्नो देशमा फिर्ता भएका छन् । यसअघि कोरोनाको महामारीमा नेपाल आउने भन्दा आफ्नो देश फर्कन अवस्था थियो । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीका अनुसार विदेशी पर्यटकको आगमन धेरै नभए तापनि विस्तारै पर्यटकको आगमन बढ्दै गएको बताउनुहुन्छ । हाल पर्यटक आउने ऋतु सुरु भए तापनि नेपालमा क्वारेन्टाइनको व्यवस्थाका कारण पर्यटकहरु नेपाल आउन नचाहेको बताउँदै अध्यक्ष सुवेदीले भन्नुभयो ‘क्वारेन्टाइनको व्यवस्था हटाए भने यो भन्दा धेरै गुणामा पर्यटकको आगमन हुन्छ ।’

नेपाल आउने पर्यटक घटे, पोहोरभन्दा २५ हजार कम !

काठमाण्डाै – सरकारले २० लाख पर्यटक ल्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाइ रहे पनि नेपाल आउने पर्यटकको सङ्ख्या भने घटेको छ । सन् २०१९ को जनवरी महिनाको तुलनामा सन् २०२० को जनवरीमा नेपाल आउने पर्यटकको सङ्ख्या झण्डै २५ हजारले घटेको अध्यागमन विभागले जनाएको छ । सन् २०१९ को जनवरी महिनामा ९१ हजार सात सय पर्यटक नेपाल आए...

चीनबाट नेपाल आउने पर्यटक बढे

काठमाण्डाै - सन् २०२० को पहिलो महिना जनवरीमा चीनबाट नेपाल आउने पर्यटक बढेका छन् । कोरोना भाइरसको संक्रमणले चीनबाट नेपाल आउने पर्यटकको संख्या घट्ने चिन्ता भैरहेका बेला जनवरीमा भने पर्यटक बढेका हुन् । अध्यागमन विभागका अनुसार जनवरी महिनामा झण्डै १५ हजार जना चिनियाँ पर्यटक नेपाल आएका छन् । हवाइ र स्थलमार्ग हुँदै चीन...