चीनबाट नेपाल आउने पर्यटक बढे

काठमाण्डाै - सन् २०२० को पहिलो महिना जनवरीमा चीनबाट नेपाल आउने पर्यटक बढेका छन् । कोरोना भाइरसको संक्रमणले चीनबाट नेपाल आउने पर्यटकको संख्या घट्ने चिन्ता भैरहेका बेला जनवरीमा भने पर्यटक बढेका हुन् । अध्यागमन विभागका अनुसार जनवरी महिनामा झण्डै १५ हजार जना चिनियाँ पर्यटक नेपाल आएका छन् । हवाइ र स्थलमार्ग हुँदै चीन...

सम्बन्धित सामग्री

लयमा फर्कँदै पर्यटन व्यवसाय, नेपाल आउने पर्यटक बढे

नेपालमा कोरोना संक्रमण कम भएसँगै विदेशी पर्यटक नेपालमा आउने क्रम बढ्न थालेको छ । अध्यागमन विभागले सार्वजनिक गरेको तथ्याङ्कमा फेब्रुअरी महिनामा नेपालमा आउने विदेशीको संख्या वृद्वि हो । यस महिनामा विभिन्न देशबाट नौ हजार १४६ जना विदेशी नेपाल आएकोमा छहजार ८८९ जना आफ्नो देशमा फिर्ता भएका छन् । यसअघि कोरोनाको महामारीमा नेपाल आउने भन्दा आफ्नो देश फर्कन अवस्था थियो । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीका अनुसार विदेशी पर्यटकको आगमन धेरै नभए तापनि विस्तारै पर्यटकको आगमन बढ्दै गएको बताउनुहुन्छ । हाल पर्यटक आउने ऋतु सुरु भए तापनि नेपालमा क्वारेन्टाइनको व्यवस्थाका कारण पर्यटकहरु नेपाल आउन नचाहेको बताउँदै अध्यक्ष सुवेदीले भन्नुभयो ‘क्वारेन्टाइनको व्यवस्था हटाए भने यो भन्दा धेरै गुणामा पर्यटकको आगमन हुन्छ ।’

आइतबार विशेष : कोरोना भाइरस, नेकपा बैठक, सन्दिपको सहयोग !

आइतबार दिनभरका मुख्य खबर : चीनबाट नेपाल फर्कन झण्डै दुई सयले भरे आवेदन फाराम चीनबाट ल्याइने नेपालीलाई राख्ने ठाउँकाे खोजी हुँदै : यी हुन् सम्भाव्य ठाउँ चीनबाट नेपाल आउने पर्यटक बढे मास्कको उत्पादन बढाउन निर्देशन नेकपा केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पास बामदेव गौतम नेकपाको उपाध्यक्षमा चयन एमस...