काठमाडौं- नेपाली सेनाका नासिर याह्या हुसेनले नवौं राष्ट्रिय खेलकुदअन्तर्गतको २२औं राष्ट्रिय पौडी च्याम्पियनसिपमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्दै स्वर्ण पदक जितेका छन् । नासिरले १५ सय मिटिर फ्रि-स्टायलमा काठमाडौंमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकुदमा कायम गरेको १७ मिनट ४९.९५ सेकेन्ड समयमा सुधार गर्दै १६ मिनेट ५०.२१ सेकेन्डको नयाँ राष्ट्रिय रेकर्ड कायम गरेका हुन् । […]