काठमाण्डाै - पालिका चुनाव नजिकिएसँगै राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसारलाई तीव्र बनाएका छन् । उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् ।
दलका झन्डा र चुनाव चिह्न लिएर कार्यकर्तासहित उम्मेदवारहरु टोलमा भोट माग्न जान थालेका छन् । दलका र स्वतन्त्र सबै उम्मेदवार आफ्ना एजेन्डा र आश्वासन बोकेर घरदैलोमा पुग्न थालेका छन् । घरदैलोसँगै उनीहरुले सभा सम्मेलनमा समेत जोड दिएका छन् ।
दिउँसो सभा गर्ने कार्यतालिका बनाएका उम्मेदवारले बिहान बेलुकाको समयमा घरदैलोमा जाने गरेका छन् । उम्मेदवारहरुले सडक स्तरोउन्नति, खानेपानीको...