नेपाल नम्बर एक गल्फर शुक्रबहादुर राईले सूर्य नेपाल सेन्ट्रल ओपनमा दोस्रो दिन कीर्तिमानी प्रदर्शन गरेका छन् । शुक्रबार गोकर्ण गल्फ क्लबमा ११ अन्डर ६१ को प्रदर्शन गर्दै नयाँ कोर्स कीर्तिमान बनाए ।
काठमाडौं (हाम्रो खेलकुद) –सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार खराब प्रदर्शन गरेपछि मनाङ मस्र्याङ्दी क्लबका मुख्य प्रशिक्षक किरण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । कीर्तिमानी आठ पल्टको च्याम्पियन मनाङले सोमबार सामाजिक संजाल फेसबुकबाट श्रेष्ठले व्यक्तिगत कारण देखाएर क्लब छाडेको जनाएका छन्। श्रेष्ठले सोमबार दिउँसो घरायसी कारण देखाउँदै राजीनामा दिएको मनाङका अध्यक्ष विजय घलेले जानकारी दिए […]
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको पाँचौ प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राईले कीर्तिमानी प्रदर्शन गरेका छन् । ११–अन्डर ६१ को उम्दा प्रदर्शनमा शुक्रले गोकर्ण गल्फ क्लबमा नयाँ कोर्ष रेकर्ड कायम गरेका हुन् । सुर्य नेपाल मास्टर्स दौरान तीन भारतीय खेलाडी चिक्कारङ्गापा एस, […]
काठमाडौं । कीर्तिमानी आरोही निर्मल पूर्जाले आफ्नो चर्चित नेटफ्लिक्स फिल्म ‘फोर्टिन पिक्स: नथिङ इज इम्पोसिबल’लाई नारायणगढमा प्रदर्शन गर्ने जनाएका छन् । बिहीबार बेलुका ४ बजे यो फिल्मलाई निर्मलले नारायणी नदी किनारमा प्रदर्शन गर्न लागेका हुन् । नारायणगढ उनको गृहनगर पनि हो, जहाँ उनको परिवार बसोबास गर्छ । सोमबार लण्डनस्थित गिनिज मुख्यालयमा चारवटा विश्व रेकर्डको प्रमाणपत्र […]
सामान्यतः हरेक फिल्मको बक्स अफिस कलेक्सन सबैभन्दा धेरै पहिलो सातामा नै हुन्छ। अपवादबाहेक हरेक फिल्मले प्रदर्शनमा आएको सुरुका तीन दिन सबैभन्दा धेरै कमाइ गर्छन्। गत सातादेखि प्रदर्शनमा आएको फिल्म ‘द कश्मीर फाइल्स’ भने यस्तै अपवाद बनेको छ।प्रचारप्रसारमा फिल्म क्षेत्र र मिडियाको साथ नहुँदा द कश्मीर फाइल्सले कम शोका साथ प्रदर्शन सुरु गरेको थियो। बलिउडका हरेक फिल्म औसतमा पाँच हजारभन्दा बढी स्क्रिनमा एकसाथ प्रदर्शन हुने गर्छन्। दंगल, बाहुबली २ जस्ता व्यावसायिक रंपमा भारतका सबैभन्दा सफल फिल्
एजेन्सी – पाकिस्तानका कप्तान बाबर आजम विश्व क्रिकेटको नम्बर वान् खेलाडी रहेको विकेटकिपर मोहम्मद रिजवानले बताएका छन् । बुधबार अष्ट्रेलियाविरुद्ध चौथो इनिङमा विश्व कीर्तिमानी प्रदर्शन गरेपछि पाकिस्तानका विकेटकिपर रिजवानले उक्त प्रतिक्रिया दिएका हुन् । ५ सय ६ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तानले चौथो र पाँचौं दिन उत्कृष्ट ब्याटिङका साथ ४४३–७ को अवस्थामा दोस्रो टेस्ट […]
एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२१/२२ को लिगको अन्तिम खेलमा आफ्नो पूर्व टोली मेलबर्न स्टार्सविरुद्ध खराब प्रदर्शन गरेका छन् । ग्लेन म्याक्सवेलको कीर्तिमानी शतकमा मेलबर्न स्टार्सले होबार्ट हरिकेन्सलाई २ सय ७४ रनको विशाल कीर्तिमानी लक्ष्य दिएको छ । मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङ थालेको स्टार्सले निर्धारित २० ओभरमा २ विकेट […]
एजेन्सी – तीव्र गतिका बलर शार्दुल ठाकुरको कीर्तिमानी बलिङसँगै भारतले दक्षिण अफ्रिकासँग दोस्रो टेस्ट खेलमा अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा भारत दोस्रो इनिङमा २० ओभरमा ८५–२ को अवस्थामा छ । पहिलो इनिङमा २७ रनले पछि परेको भारतले समग्रमा ५८ रनको अग्रता लिएको छ । भारतका चेतेश्वर पुजारा ४२ बलमा ७ चौकासहित ३५ रनमा […]
बिम्बलीमा केही बेरमै सुरु हुने फाइनल खेलमा कुन टोलीका गोलकिपरको प्रदर्शन कस्तो रहला ? यसबारे धेरैलाई जिज्ञासा छ, किनकि प्रतियोगिताका दुई उत्कृष्ट गोलकिपर यी दुई टोलीमा छन् । इटलीका गियानलुईगी डोनारुम्माले जारी प्रतियोगितामा केवल तीन गोल खाएका छन् । अन्तिम १६ को खेलमा अतिरिक्त समयमा २–० ले अघि रहेको इटलीविरुद्ध अस्ट्रियाका सासा कालाज्किले १ सय १४ मिनेटमा गोल फर्काएका थिए । उक्त गोल लगातार ११ खेलपछि उनले खाएको पहिलो गोल थियो । यस अवधिमा ११ सय ६८ मिनेटसम्म अन्तर्राष्ट्रिय फुटबलमा ग