यतिबेला किसान रासायनिक मलको अभावमा मलबिनै धान रोप्न थालेका छन्। नेपाल–भारत सीमावर्ती क्षेत्रका किसानले भारतीय बजारबाट रासायनिक मल किनेर काम चलाउन थालेका छन् भने कतिपय मलको पर्खाइमा छन्।...
भजनी । यतिबेला किसान रासायनिक मलको अभावमा मलबिनै धान रोप्न थालेका छन् । नेपाल–भारत सीमावर्ती क्षेत्रका किसानले भारतीय बजारबाट रासायनिक मल किनेर काम चलाउन थालेका छन् भने कतिपय मलको पर्खाइमा छन् । केही किसानले भने गड्यौला मलको उत्पादन थालेका छन् ।
काठमाडौँ – यतिबेला किसान रासायनिक मलको अभावमा मलबिनै धान रोप्न थालेका छन्। नेपाल-भारत सीमावर्ती क्षेत्रका किसानले भारतीय बजारबाट रासायनिक मल किनेर काम चलाउन थालेका छन् भने कतिपय मलको पर्खाइमा छन्। केही किसानले भने गड्यौला मलको उत्पादन थालेका छन्। कैलालीको टीकापुर नगरपालिका-१ का ललित थापाले तीन वर्षदेखि गड्यौला मल उत्पादन गर्दै आएका छन्। उनले गड्यौला मल […]
गड्यौलाबाट उत्पादित अर्ग्यानिक मलको प्रयोगले भक्तपुरका कृषकहरू लाभान्वित भएका छन् । रासायनिक मलको तुलनामा अग्र्यानिक मल प्रयोग गर्दा उत्पादन दुई गुणा बढी भएपछि कृषकहरू यसतर्फ आकर्षित भएका हुन् ।
चितवनस्थित वन्सुन एग्रो अर्ग्यानिक्स प्रालिले भारतको हैदरवादबाट रू. ४२ लाखको गड्यौला आयात गरेको छ । अग्र्र्यानिक गड्यौला मल उत्पादनका लागि ती गड्यौला ल्याइएका हुन् । मलको प्रयोगले भक्तपुरका किसानहरूको आयस्रोत दोब्बर बढेको भक्तपुरका लागि वन्सुन एग्रो अग्र्यानिक्सका अधिकृत विक्रेता अग्र्यानिक हित बचत सहकारीले बताएको छ । सहकारीका अध्यक्ष शिवलाल बाहाल श्रेष्ठ भन्छन्, ‘अर्ग्यानिक मलको प्रयोगले बढी वजनको फल लाग्ने गरेकाले पनि कृषकको आयस्रोतमा वृद्धि भएको हो ।’
स्थानीय वटुककृष्ण अधिकारी, कोमल तिमिल्सिना, शंखलाल फैंजु, कृष्णभक्त बगटु, गणेशलाल ख्याजुलगायत गड्यौला मलको प्रयोग गरी भक्तपुरमा व्यावसायिक खेती गर्दै आएका कृषकहरू हुन् । फलफूल खेती गर्दै आएको कोमल तिमल्सिना भन्छन्, ‘अग्र्यानिक मलको प्रयोगले फलफूलको आकार, प्रकार, तौलमा समेत सुधार आएको छ । रासायनिक मलको तुलनामा यसको प्रयोगबाट उत्पादित फलफूलले आयस्रोतमा वृद्धि हुुनुको साथै माटाका उर्वराशक्ति पनि बढाएको छ ।’
बिरूवा हुर्कनका निम्ति आवश्यक पर्ने १६ वटा पोषण तत्व गड्यौलाको मलमा पाइने हुनाले विभिन्न किसिमका रासायनिक मल खोज्नुपर्ने झझन्टबाट मुक्त भएको वन्सुन एग्रो अग्र्यानिक्सका अध्यक्ष केशवलाल श्रेष्ठ बताउँछन् ।
गड्यौलाको मलमा कार्बन, हाइड्रोजन, नाइट्रोजन, अक्सिजन, फस्पोरस, पोटासियम, सल्फर, क्याल्सियम, म्योग्नेसियम, आइरन, भ्याली वो डेनियम, वोरन, कपर, जिंक लगायतका पोषण तत्व पाइन्छन् ।
वर्ष ५, अंक ३१, २०६६, चैत ३०–वैशाख ५