दिनेशको गोलमा मनाङ विजयी

डिफेन्डर दिनेश राजवंशीको निर्णायक गोलमा कीर्तिमानी आठौं पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक "ए" डिभिजन लिगमा विजयी सुरुआत गरेको छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा ललितपुरको जावलाखेल युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मनाङले सुखद सुरुवात गरेको हो । मनाङको लागि एक मात्रै गोल दिनेशले खेलको ५७ औं मिनेटमा गरे । राष्ट्रिय फुटबल टोलीका रक्षक समेत रहेका दिनेशले भारतीय खेलाडी दयानन्द सिंहको कर्नरमा बक्स भित्रबाट हेडिङ गोल गरे ।&n

सम्बन्धित सामग्री

ए डिभिजन लिग : मनाङ र आर्मी विजयी

काठमाडौँ : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङदी क्लबले तेस्रो जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ भएको खेलमा सशस्त्र प्रहरीको एपीएफलाई २–१ गोल अन्तरले हराउँदै मनाङले तेस्रो जित निकालेको हो।मनाङको जितमा साहिदजामोल दाभ्लाद जोनाब र कमल थापाले गोल गरे। खेलको ३४ औँ मिनेटमा एपीएफका अर्माण्ड बेडुमले गोल गर्दै अग्रता दिलाए पनि जित दिलाउन सकेनन्। मनाङ ११ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ।आजै भएको खेलमा फ्रेन्ड्स क्लबमाथि अप्रत्यासित जित निकाल्दै

मनाङ-१ : प्रदेशसभामा कांग्रेसका मुनिन्द्रजंग गुरुङ विजयी

काठमाडौं : मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र–१ मा नेपाली कांग्रेसका उम्मेदवार मुनिन्द्रजंग गुरुङ प्रदेशसभा निर्वाचनमा विजयी भएका छन्।नेकपा एमालेका उम्मेदवार राजनबहादुर गुरुङलाई ३ सय ३० मतले हराउँदै मुनिन्द्रजंग विजयी भएका हुन्। मुनिन्द्रले एक हजार २ सय ५५ मत पाउँदा राजनले ९२५ मत प्राप्त गरे।यसअघि नै मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र २ मा भने राजीव गुरुङ(दीपक मनाङे) निर्विरोध निर्वाचित भइसकेका छन्।

मनाङ ‘क’ मा कांग्रेसका मुनिन्द्रजंग विजयी

पोखरा – मनाङ ‘क’ मा नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ विजयी भएका छन्। सोमबार साँझ आएको अन्तिम मतपरिणामअनुसार गुरुङ ३३० मतान्तरले विजयी भएका हुन्। मुनिन्द्रले १ हजार २५५ मत प्राप्त गर्दा निकटम प्रतिद्वन्दी नेकपा एमालेका राजन गुरुङले ९२५ मात्र मत पाए। २०७४ सालको निर्वाचनमा पनि यो क्षेत्र नेपाली कांग्रेसले नै जितेको थियो। कांग्रेसका चिन्तबहादुर घले ८४७ […]

मनाङ डिस्याङ गाउँपालिकामा एमालेका कान्छा घले विजयी

काठमाडौं । मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार कान्छा घले विजयी हुनुभएको छ । घले ८६१ मत ल्याउनु भएको गाउँपालिका अध्यक्षमा विजयी हुनु भएको हो । घलेका प्रतिद्धन्दी कांग्रेसका उम्मेदवार छिरिङ ओङमा गुरुङ (घले) ७१३ मत ल्याउनु भएको छ । कान्छा यसअघि पनि अध्यक्ष थिए । त्यसैगरी सो गाउँपालिकाको उपाध्यक्षमा एमालेकै समर्थनमा उठेका […]

मनाङ डिस्याङ गाउँपालिकामा एमाले विजयी

मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा नेकपा एमालेका कान्छा घले विजयी भएका छन् । घलेले ८ सय ६१ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । घलेका प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार छिरिङ ओङमा गुरुङ (घले) ७ सय १३ मत ल्याएका छन् । त्यसैगरी सो गाउँपालिकाको उपाध्यक्षमा एमालेकै समर्थनमा उठेका स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७ सय ४४ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी काँग्रेसका रिन्जेन धोर्जे गुरुङले ७ सय १९ मत ल्याए । यहाँ राप्रपाका उपाध्यक्ष उम्मेदवार ज्यामयाङ टसी गुरुङले १ मत ल्याएका छन् ।

पुलिस र मच्छिन्द्र विजयी, मनाङ र थ्री स्टारले अंक बाँडे

तेस्रो खेलमा मनाङ मर्स्याङ्दी र थ्री स्टारले बराबरी खेल्दै अंक बाँडेका छन्।

‘ए ’डिभिजन लिगमा मनाङ र च्यासल विजयी

सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरण अन्तर्गत शनिबार मनाङ मर्स्याङ्दी क्लब र च्यासल युथ क्लब विजयी भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा च्यासलले विभागीय टोली एपीएफ फुटबल क्लबमाथि १–० गोलको नतिजामा जित निकालेको थियो ।प्रतिस्पर्धात्मक खेलको ४९औं मिनेटमा च्यासलका रुमेश बर्तौैलाले गरेको एक मात्र गोल च्यासललाई जित दिलाउन पर्याप्त बन्यो । […]

सहिद स्मारक ए डिभिजन लिग : मनाङ र च्यासल विजयी

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगमा शनिबार भएको खेलमा मनाङ मर्स्याङदी क्लब र च्यासल युथ क्लब विजयी भएका छन्।दशरथ रंगशालामा भएको दिनको पहिलो खेलमा च्यासलले एपिएफलाई १-० ले पराजित गर्दा दिनको अर्को खेलमा मनाङले हिमालयन शेर्पालाई पनि समान १-० ले नै पराजित गर्‍यो।च्यासल र एपिएफबिच पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा भने च्यासलले अग्रता लियो। ४९ औं मिनेटमा रुमेश बर्तौलाले कमल श्रेष्ठको पासलाई सदुपयोग गर्दै टिमलाई अग्रता दिलाए। उक्त गोल नै च्यासललाई तीन अंक दिलाउन पर्याप्त

शेर्पाको सिद्धान्तसामु सेट पिसमा सफल मनाङ

काठमाडौं (हाम्रो खेलकुद) – प्रशिक्षणमा सेट पिसमा गरेको अभ्यास सफल भएर विजयी गोल निक्लेपछि थप खुसी लागेको मनाङ मर्स्याङ्दी क्लबका प्रशिक्षक राजेन्द्र तामाङले बताए । मनाङले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा शनिबार दोस्रो जित निकालेको थियो । दोस्रो हाफमा पुजन उपरकोटीको कर्नरमा निशान लिम्बुले ६ यार्ड बक्सनजिक फ्लिक हेडरमार्फत मिलाइदिएको पासलाई अनमार्क ओलावालेले […]

मनाङ मर्स्याङ्दी र ब्वाइजको विजयी सुरुआत

काठमाडौँ– मनाङ मरस्याङदी क्लब र ब्वाइज ब्रिगेडले विजयी सुरुआत गरेका छन् । मनाङले जावलाखेल युथ क्लबलाई र ब्वाइजले एपीएफलाई पराजित गरे । आइतबार दशरथ रंगशालामा भएको खेलमा जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङले सुखद सुरुआत गरेको हो । मनाङलाई जित दिलाउन दिनेश राजवंशीले निर्णायक गोल गरे । दिनेशले खेलको ५६ औं मिनेटमा […]