भारतको रुससँगको कच्चा तेलको आयात फेब्रुअरीमा सर्वाधिक १६ लाख ब्यारेल प्रतिदिन पुगेको छ । यो भारतको परम्परागत आपूर्तिकर्ता साउदी अरब र इराकको संयुक्त आयातभन्दा पनि बढी हो । तेल आयात–निर्यातको विवरण राख्ने...
काठमाडौं । रुसले गएको वर्षको शुरुतिर युक्रेनमाथि आक्रमण गरेलगत्तै भारतले भारी मात्रामा रुसी कच्चा तेल किनिरहेको छ । तर, रुसले भारतलाई बेच्ने तेलमा दिने छूट निकै घटेको छ ।
स्रोतका अनुसार रुसले भारतसम्म तेल ल्याउन व्यवस्था मिलाइदिएको कम्पनीहरूको ढुवानी शुल्क अपारदर्शी रहने गरेको अनि सामान्यभन्दा धेरै पनि छ ।
रुसले भारतलाई प्रतिब्यारेल ६० डलरभन्दा कम मूल्यमा कच्चा तेल बेचेको छ । यो पश्चिमी देशहरूले रुसी तेलमा तोकेको मूल्य सीमाभन्दा कम हो । तर, बाल्टिकबाट कृष्ण सागर हुँदै भारतसम्म तेल ल्याउँदा प्रतिब्यारेल डेलिभरी चार्ज भने ११ डलरदेखि १९ डलरसम्म तिराउने गरेको छ । यो सामान्य दरभन्दा दोब्बर भएको स्रोतहरूको भनाइ छ ।
रुसले गएको वर्षको शुरुमा युक्रेनमाथि आक्रमण गरेपछि यूरोपेली क्रेताहरू अनि एशियाका जापानलगायत केही खरीदकर्ताहरूले रुसी तेलमाथि प्रतिबन्ध लगाए । त्यसपछि रुसले पनि भारी छूटमा भारत र चीनलाई तेल बेच्न थाल्यो । गएको वर्षको मध्यसम्म पनि रुसले भारतलाई प्रतिब्यारेल ३० डलर छूट दिने गरेको थियो । तर, पछिल्लो समय ४ डलरमा खुम्चिएको स्रोतले भनेको छ ।
अहिले भारत रुसी तेलको सबैभन्दा ठूलो खरीदकर्ता हो । सवारी साधनहरूको बढ्दो विद्युतीकरण, आर्थिक सुस्तीबीच माग घटेकोले चीनमा रुसी कच्चा तेलको माग उत्कर्षमा पुगेर घट्न थालेको छ । युक्रेनी युद्ध शुरु हुनुअघि भारतको कुल कच्चा तेल आयातमा रुसी तेलको अनुपात २ प्रतिशतभन्दा कम थियो । तर, पछिल्लो समय आयातित तेलमा रुसी तेलको हिस्सा बढेर ४४ प्रतिशतमा उक्लिएको छ ।
भारतीय तेल कम्पनीहरूले छुट्टाछुट्टै रूपमा रुसी कम्पनीसँग मोलमोलाई गरिरहेकोले पनि छूट खुम्चिरहेको बताइएको छ । सरकारी तेल कम्पनीहरूले एक हुल बाँधेर मोलमोलाई गरेको भए छूट धेरै पनि हुन सक्ने स्रोतको भनाइ छ । भारतले रुससँग दैनिक २० लाख ब्यारेल तेल किनिरहेको छ । यीमध्ये ६० प्रतिशत तेल सरकारी तेल कम्पनीहरूले किन्छन् । एजेन्सी
काठमाडौं । भारतका तेल प्रशोधन कम्पनीहरूले रुससँग किनेको कच्चा तेलको भुक्तानी चिनियाँ युआनमा गर्न लागेका छन् ।
रोयटर्सले स्रोतहरूलाई उद्धृत गर्दै हालै यसबारे समाचार छापेको छ । मस्कोमाथि पश्चिमी देशहरूले प्रतिबन्ध कसिलो बनाएको समयमा रुसमा तेल ग्राहकहरू भुक्तानीमा डलरको विकल्प खोज्न बाध्य भइरहेको बेलामा भारतले पनि युआन चलाएको हो ।
गएको वर्षको शुरुमा युक्रेनमाथि आक्रमण गरेयता रुसको मुख्य निर्यात वस्तु तेलको व्यापार प्रवाह चौपट बनेको छ । पश्चिमी देशहरूले नकिनेको तेल उसले समुद्र मार्ग भएर भारी छूटमा भारत र चीनलाई बेच्न थाल्यो । जुनमा भारतको रुसी तेल खरीदले नयाँ उचाइ छोएको छ ।
बजार विश्लेषण कम्पनी केप्लरमा कच्चा तेल विश्लेषक भिक्टर काटोनाका अनुसार भारतले जुनमा दैनिक २२ लाख ब्यारेल रुसी कच्चा तेल किनेको छ । योसँगै रुसी तेल खरीद लगातार १० औं महीना पनि बढेको छ । जुनको रुसी तेल खरीद साउदी अरब र इराकको जोडेर हुन आउने भन्दा पनि धेरै छ ।
तर भारतको टाउको दुखाइ भने आफूमाथि प्रतिबन्ध नलाग्ने गरी रुसलाई कसरी केमा भुक्तानी गर्ने भन्ने छ । परम्परागत रूपमा विश्व व्यापारमा भुक्तानी माध्यमको रूपमा डलरकै प्रयोग हुँदै आएको छ । तर, युक्रेनी आक्रमण यता चिनियाँ युयानले रुसको वित्तीय प्रणालीमा डलरको विकल्प बनिरहेको छ ।
चीनले पनि रुससँग किनेको अधिकांश तेलको भुक्तानी युआनमै गरिरहेको छ । भारतीय आयल कर्पोरेशन (आईओसी) भारतमा सबैभन्दा धेरै रुसी तेल किन्ने कम्पनी हो । स्रोतहरूका अनुसार जुनमा पहिलो पटक आईओसी युआनमा भुक्तानी गरेको थियो । अन्य प्रशोधन कम्पनीहरूले भने अन्य मुद्रामा भुक्तानी गरिरहेका छन् ।
भारतीय तेल कम्पनीहरूले रुसलाई भुक्तानी गर्न यूएईको दिराम, रुसी रुबल र भारु समेतका विकल्पहरूबारे पनि विचार गरिरहेका छन् । रुसी कच्चा तेल पश्चिमी देशहरूले तोकेको मूल्य सीमा अर्थात् प्रतिब्यारेल ६० डलरमा किन्ने हो भने डलरबाहेकका यी मुद्रामा भुक्तानी गर्दा अन्तरराष्ट्रिय प्रतिबन्धले छुने छैन ।
भारतीय कम्पनीहरूले कति तेलको भुक्तानी युआनमा गरेको भन्ने स्पष्ट भएको छैन । रुसको भारी छूटका कारण भारतीय तेल आयातकर्ताहरूको ७ अर्ब डलरभन्दा बढीको रकम बचेको बताइएको छ । एजेन्सी
काठमाडौँ- क्यानाडाले रुसी कच्चा तेलको आयातमा प्रतिबन्ध लगाउने भएको छ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रुसी कच्चा तेल आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् । रुसी तेलले भ्लादिमिर पुटिन र उनका धनाढ्य साझेदारहरुलाई फाइदा पुगिरहेको भन्दै तेल आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् । युक्रेनमाथि रुसी आक्रमण जारी रहँदा विश्व भरबाट निन्दा र आर्थिक एवम् […]