रुसी इन्धन पूर्णरूपमा निषेध गर्ने ईयूको प्रस्ताव, युद्ध अपराध रोक्न दबाब पुग्ने दाबी

युरोपियन युनियन (ईयू) ले रुसी इन्धन पूर्णरूपमा निषेध गर्ने प्रस्ताव गरेको छ । युरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लेयनले रुसबाट युरोपमा हुने क्षति न्यूनीकरणका लागि रुसी खनिज तेल पूर्णरूपमा निषेध गर्ने र युद्ध अपराधका संदिग्धहरूलाई प्रतिबन्ध लगाउने सहितका कडा कदम चाल्ने प्रस्ताव गर्नुभएको बीबीसीले जनाएको छ ।  आउँदो ६ महिनाभित्र रुसी कच्चा तेल रोक्ने र चरणबद्ध रूपमा अरू प्रतिबन्धहरू लगाउने उहाँको प्रस्ताव छ । युरोपेली संसदमा सम्बोधन गर्दै अध्यक्ष लेयनले ईयूको कदमले रुसका सबै युद्धअपराधीहरूलाई जवाफदेही बनाउने बताउन...