इलाम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने भएको छ।बिहीबार केन्द्रीय कार्यालय चःमतिमा उम्मेदवारका ६ जना आकांक्षीसँग छलफल गरेर रास्वपाले लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। रास्वपाका केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालका अनुसार उम्मेदवारहरूबीच छलफलबाट लिम्बूलाई समर्थन गर्ने निर्णय भएको हो।वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदै छ। त्यसका लागि यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ। लिम्