डुम्रे (तनहुँ) – पछिल्लो समय ग्रामीण क्षेत्रमा गुन्द्री बुन्ने चलन लोप हुने अवस्थामा छ। प्लाष्टिकका गुन्द्री बजारमा प्रशस्त पाइन थालेपछि पराल तथा गुदका गुन्द्री बुन्ने चलन लोप हुँदै गएको स्थानीय बताउँछन्। हाल आधुनिकतासँगै जनजीवन परिवर्तन भएर कुर्सीको प्रयोग गर्नेको सङ्ख्या बढ्न थालेपछि गुन्द्रीमा बस्ने व्यवहारमा पनि परिवर्तन आउन थालेको छ। सहरी क्षेत्रका साथै ग्रामीण क्षेत्रमा […]
काठमाडौँ : नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जातको आधारमा भोट हाल्ने चलन हट्नु राम्रो भएको बताएका छन्।आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले व्यक्तिको आधारमा भोट हाल्ने चलन बढिरहेको र मानिसहरूले विज्ञ, देशको सेवामा लाग्ने, देशको लागि सहयोग गर्ने, समर्पित व्यक्ति छानेर भोट हाल्ने गरेको बताए। उनले जनताले जातिभन्दा पनि देशलाई सहयोग गरिरहेको बताए।उनले भने, ‘अहिले राम्रो कुरा के छ भने जातको आधारमा भोट हाल्नेभन्दा पनि व
काठमाडौं । चैत कृष्ण चतुर्दशीदेखि प्रतिपदासम्म काठमाडौं उपत्यकाका हिन्दु वा बौद्ध नेवार जातिले तीन दिनसम्म विभिन्न तरिकाले पाहाँचरे पर्व मनाउँछन् । पाहाँचरेको भोलिपल्ट औंसीका दिन टोलटोलमा बालबालिकालाई ‘मरजा’ खुवाउने चलन छ । एक किसिमले कन्या–कुमारलाई खुवाए जस्तै गरी ‘मरजा’ खुवाउँदा व्रतबन्ध नगरेका र बेल विवाह नगरेका ससाना बालबालिकालाई खुवाइन्छ । अजिमाको प्रसादका रूपमा दालभात तरकारी […]
काठमाडौँ,१७ कार्तिक । म्याग्दीका ग्रामीण क्षेत्रमा परम्परादेखि नै गोरुको सहायताले दाइँ लगाउने प्रचलन लोपोन्मुख अवस्थामा पुगेको छ । कृषि यन्त्रको प्रयोग गरेर धान झार्ने र स्याहार्नेक्रम बढेपछि परम्परादेखि नै गोरुको सहायताले दाइँ लगाउने चलन लोप हुने अवस्थामा पुगेको हो । पछिल्लो १० वर्षयता धान स्याहार्न हाते ट्र्याक्टर, ट्र्याक्टर र थे्रेसरको प्रयोग बढेको छ । यसले […]
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा मौलिक संस्कृतिको रूपमा रहेको स्याउली थाप्ने चलन लोप हुन थालेको छ । कुनै व्यक्ति साइत वा शुभ कार्यमा जानु भन्दा पहिले केटाकेटी र महिलाहरूले घरभन्दा टाढा बिच बाटोमा च्यादर, रुमाल वा कपडाको टालो माथि हरियो घाँस, फुलहरू, हरियो स्याउलाहरू राख्ने गरिन्छ । चलन अनुसार साइतमा रहेका व्यक्तिहरूलाई शुभ साइत होस, यात्रा […]
ओखलढुंगा । ओखलढुंगामा खाडीका कपडा बुन्ने चलन लोप हुने अवस्थामा पुगेको छ । कच्चा पदार्थको अभावमा परम्परागत विधिबाट सीमित महिलाले मात्रै बुन्दै आएका छन् । पहिले गाउँघरमा घरैपिच्छे खाडीका कपडा बुन्ने चलन भए पनि आयातित कपडाको प्रभावका कारण अहिले यो चलन हराइसकेको मानेभञ्ज्याङ गाउँपालिका–४ ध्याप्लु गाउँकी ६३ वर्षीया असारमाया राईले बताउनुभयो । जिल्लामा खाडीका कपडा […]
काठमाडौं : जुम्लालगायत कतिपय हिमाली जिल्लामा हिउँ परेर रोकिएको भोलिपल्ट घाम लाग्दा घरनजिक वा टाढाबाट हिउँ ल्याई साँधेर खाने चलन रहिआएको छ।जुम्लाकी भगवती आचार्यका अनुसार हिउँमा नुन, खुर्सानी, चुक तथा अमिलो पदार्थ र चिनी मिलाएर राख्ने अनि घाम लागेका बेला घाममा बसेर घरपिरवार तथा साथीभाइ मिलेर खाने चलन छ।अहिलेभन्दा पनि फागुन–चैतमा घरदेखि टाढासम्म गएर पनि हिउँ ल्याउने र साँधेर खाने चलन रहेको उनले बताइन्।त्यति मात्रै नभई यहाँ परेको हिउँ हवाईजहाजमार्फत् नेपालगन्ज, सुर्खेत तथा काठमाण्डूसम्म प
बागलुङ । बागलुङ जिल्लामा पछिल्लो समयमा ढुङ्गेघरको चलन हराउँदै गएको छ । भूकम्पबाट भत्किएका घरहरु पुनःनिर्माण हुने क्रममा ढुङ्गाको ठाउँमा जस्तापाता प्रयोग गर्न थालेपछि ढुङ्गेघरको चलन हराउन थालेको हो । ढुङ्गाले घर छाउँदा भूकम्प प्रतिरोधात्मक नबन्ने र टिनले छाउँदा छानो हलुका घरमा क्षति कम हुने प्राविधिकहरुले सिफारिस गर्न थालेपछि घरहरुमा पनि धमाधम जस्तापाता प्रयोग भैरहेको […]
दक्षिणाको चलन अनादीकालदेखि नै छ । तर, दक्षिणाका रूपमा पैसा दिने चलन सुरु भएको केही दशक मात्रै भएको छ । हिन्दु संस्कृतिमा दक्षिणाको महत्त्व के छ ? दक्षिणाका रुपमा पैसा नै दिनुपर्छ या अन्य सामान पनि दिन सकिन्छ ? कति दिने ? यी र यस्तै विषयमा रातोपाटीले धर्मगुरु तथा संस्कृतिविद्हरूसँग कुराकानी गरेको छ । पैसाको चलन थिएन : प्रा.डा. माधव भट्टराई मेरो जन्म खोटाङमा भएको हो, मुखियाको घर भएकाले हाम्रो टीका लगाउन आउनेहरूले कोसेली स्वरूप केही न केही लिएर आउँथे । तर बजारबाट किनेर होइन, स्थानीय
काठमाडौं । आजदेखि पितृपक्ष अर्थात सोह्रश्राद्ध शुरु भएको छ । वडादशैं शुरु हुनु भन्दा अघि भदौ कृष्ण प्रतिपदादेखि १६ दिनसम्म दिवंगत पितृहरुको सम्झनामा विभिन्न पितृकार्य गर्ने चलन रहेको छ । सनातन धर्मावलम्वीहरुले वैदिक विधि अनुसार नदीका त्रिवेणी, दोभान, घाटलगायत तीर्थस्थल र घरडेरामै पितृको श्राद्व तथा तर्पण गर्ने गर्दछन् । पितृकार्यलाई अति पवित्र मानिन्छ । यस […]