मरजा खुवाउने चलन

काठमाडौं । चैत कृष्ण चतुर्दशीदेखि प्रतिपदासम्म काठमाडौं उपत्यकाका हिन्दु वा बौद्ध नेवार जातिले तीन दिनसम्म विभिन्न तरिकाले पाहाँचरे पर्व मनाउँछन् । पाहाँचरेको भोलिपल्ट औंसीका दिन टोलटोलमा बालबालिकालाई ‘मरजा’ खुवाउने चलन छ । एक किसिमले कन्या–कुमारलाई खुवाए जस्तै गरी ‘मरजा’ खुवाउँदा व्रतबन्ध नगरेका र बेल विवाह नगरेका ससाना बालबालिकालाई खुवाइन्छ । अजिमाको प्रसादका रूपमा दालभात तरकारी […]