असोज ७, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुलाई वार्षिक नविकरण शुल्क बुझाउन अनुरोध गरेको छ ।
आव २०७८/७९ को धितापत्रको वार्षिक नविकरण शुल्क असोज मसान्तसम्म बुझाउन अनुरोध गरेको हो । रू. ५० करोडसम्म चुक्तापूँजी रहेको कम्पनीले रू. ५० हजार धितोपत्रको वार्षिक नविकरण शुल्क लाग्ने जानकारी गराएको छ ।
त्यसैगरी, रू. ५० करोडभन्दा बढी चुक्तापूँजीका भएका कम्पनीले रू. एक लाख धितोपत्रको वार्षिक शुल्क लाग्नेछ । त्यसैगरी डिबेञ्चर, म्युचुअल फण्डको चुक्तापूँजी रू. ५० करोडसम्म भएकोले रू. २५ हजार र रू. ५० करोडभन्दा बढी भएकाले रू. ५० हजार धितोपत्रको वार्षिक नविकरण शुल्क तिर्नु पर्नेछ ।
उक्त वार्षिक नविकरण शुल्क बुझाउन कम्पनीहरुले नेप्सेको खाता रहेको ग्लोबल आइएमई बैंकको ७५०१०१००००७७५ खाता नम्बरमा पठाउन सक्नेछन् । तोकिएको समय अवधिमा नविकरण शुल्क नबुझाएमा नविकरण शुल्कको वार्षिक १० प्रतिशत दरले जरिवाना लाग्ने र धितोपत्रको सूचीकरण स्थगन गर्ने जानकारी गराएको छ ।