सूचीकृत कम्पनीहरूलाई वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको अनुरोध

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीहरूलाई नवीकरण शुल्क बुझाउन अनुरोध गरेको छ । नेप्सेले आर्थिक वर्ष २०८०/८१ को धितोपत्रको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको हो । नेप्सेमा सूचीकृत कम्पनीहरूले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ (क) र (ख) भएको व्यवस्था अनुसार आर्थिक वर्ष २०८०/८१ को धितोपत्रको वार्षिक नविकरण शुल्क बुझाउन नेप्सेले अनुरोध गरेको हो । सूचीकृत कम्पनीहरूले असोज मसान्तसम्म उक्त वार्षिक नवीकरण शुल्क बुझाउनुपर्नेछ । तोकिएको समयभित्र नविकरण शुल्क नबुझाएमा शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने साथै धितोपत्र सूचीकरण स्थगन गर्न सकिने नेप्सेले जनाएको छ । नेप्सेमा सूचीकृत कम्पनीहरूमध्ये ५० करोड रुपैयाँसम्मको चुक्ता पूँजी भएकाले वार्षिक ५० हजार नवीकरण शुल्क तिर्नुपर्छ । ५० करोड रुपैयाँभन्दा बढी चुक्ता पूँजी भएका कम्पनीले भने वार्षिक १ लाख रुपैयाँ नवीकरण शुल्क बुझाउनुपर्ने प्रावधान छ ।  त्यस्तै डिबेन्चर र म्युचुअल फण्डहरूले आकारको हिसाबले ५० करोड रुपैयाँसम्म चुक्ता पूँजी भएकाले वार्षिक २५ हजार रुपैयाँ र ५० करोड रुपैयाँभन्दा बढी चुक्ता पूँजी भएकाले वार्षिक ५० हजार रुपैयाँ नवीकरण शुल्क बुझाउनुपर्छ ।   

सम्बन्धित सामग्री

बुक विल्डिङ आईपिओको मूल्य तोक्ने संस्थालाई दर्ता हुन आउँन नेप्सेको पुन: आग्रह

नेपाल स्टक एक्सचेन्ज नेप्सेले बुक विल्डिङ्ग विधि मार्फत निष्काशित हुने आईपिओको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका  योग्य संस्थागत लगानीकर्तालाई दर्ता हुन आउँन पुन: आग्रह गरेको छ । नेप्सेले असार २ गते सार्वजनिक सूचना जारी गर्दै १० दिन भित्र नेप्सेमा दर्ता हुन आउँनको लागि आग्रह गरेकोमा आज पुन: आग्रह गरेको हो ।  नेप्सेले बुक विल्डिङ्ग निर्देशिका, २०७७ बमोजिम योग्य संस्थागत लगानीकर्ताहरूलाई सिलबन्दी बोलकबोल मार्फत धितोपत्रका लागि आवेदन गर्नका लागि नेप्सेमा दर्ता गर्नु पर्ने भएकोले नेप्सेमा निवेदन दर्ताको लागि निवेदन पेस गर्न अनुरोध गरेको हो। निवेदन सहित नेपाल धितोपत्र बोर्डबाट प्राप्त योग्य संस्थागत लगानीकर्ताको स्वीकृति पत्र , नेप्सेमा दर्ता गर्ने सम्बन्धमा व्यवस्थापनको निर्णय र आवश्यक पर्ने शुल्क नेप्सेको खातामा बुझाएको सक्कल भौचर पनि पेश गर्न नेप्सेले आग्रह गरेको छ |हालसम्म नेपाल धितोपत्र बोर्डले  १०० वटा संस्थालाई योग्य संस्थागत लगानीकर्ताको अनुमति दिएको छ  ।   योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न स्वीकृत संस्थाको पूर्ण सूची हेर्न यहाँ क्लिक गर्नु होला ।यो पनि : अघि बढ्यो सर्वोत्तम सिमेन्टको आईपिओ प्रक्रिया, मूल्य तय गर्न छलफल आह्वान

बुक विल्डिङ आईपिओको मूल्य तोक्ने संस्थालाई दर्ता हुन आउँन नेप्सेको आग्रह

नेपाल स्टक एक्सचेन्ज नेप्सेले बुक विल्डिङ्ग विधि मार्फत निष्काशित हुने आईपिओको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका  योग्य संस्थागत लगानीकर्तालाई दर्ता हुन आउँन आग्रह गरेको छ । नेप्सेले सार्वजनिक सूचना जारी गर्दै १० दिन भित्र नेप्सेमा दर्ता हुन आउँनको लागि आग्रह गरेको हो ।नेप्सेले बुक विल्डिङ्ग निर्देशिका, २०७७ बमोजिम योग्य संस्थागत लगानीकर्ताहरूलाई सिलबन्दी बोलकबोल मार्फत धितोपत्रका लागि आवेदन गर्नका लागि नेप्सेमा दर्ता गर्नु पर्ने भएकोले नेप्सेमा निवेदन दर्ताको लागि निवेदन पेस गर्न अनुरोध गरेको हो। निवेदन सहित नेपाल धितोपत्र बोर्डबाट प्राप्त योग्य संस्थागत लगानीकर्ताको स्वीकृति पत्र , नेप्सेमा दर्ता गर्ने सम्बन्धमा व्यवस्थापनको निर्णय र आवश्यक पर्ने शुल्क नेप्सेको खातामा बुझाएको सक्कल भौचर पनि पेश गर्न नेप्सेले आग्रह गरेको छ |हालसम्म नेपाल धितोपत्र बोर्डले  १०० वटा संस्थालाई योग्य संस्थागत लगानीकर्ताको अनुमति दिएको छ  ।   योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न स्वीकृत संस्थाको पूर्ण सूची हेर्न यहाँ क्लिक गर्नु होला ।यो पनि : अघि बढ्यो सर्वोत्तम सिमेन्टको आईपिओ प्रक्रिया, मूल्य तय गर्न छलफल आह्वान

नेप्सेद्वारा सूचीकृत कम्पनीहरुलाई वार्षिक नविकरण शुल्क बुझाउन अनुरोध

असोज ७, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुलाई वार्षिक नविकरण शुल्क बुझाउन अनुरोध गरेको छ ।  आव २०७८/७९ को धितापत्रको वार्षिक नविकरण शुल्क असोज मसान्तसम्म बुझाउन अनुरोध गरेको हो । रू. ५० करोडसम्म चुक्तापूँजी रहेको कम्पनीले रू. ५० हजार धितोपत्रको वार्षिक नविकरण शुल्क लाग्ने जानकारी गराएको छ ।  त्यसैगरी, रू. ५० करोडभन्दा बढी चुक्तापूँजीका भएका कम्पनीले रू. एक लाख धितोपत्रको वार्षिक शुल्क लाग्नेछ । त्यसैगरी डिबेञ्चर, म्युचुअल फण्डको चुक्तापूँजी रू. ५० करोडसम्म भएकोले रू. २५ हजार र रू. ५० करोडभन्दा बढी भएकाले रू. ५० हजार धितोपत्रको वार्षिक नविकरण शुल्क तिर्नु पर्नेछ ।  उक्त वार्षिक नविकरण शुल्क बुझाउन कम्पनीहरुले नेप्सेको खाता रहेको ग्लोबल आइएमई बैंकको ७५०१०१००००७७५ खाता नम्बरमा पठाउन सक्नेछन् । तोकिएको समय अवधिमा नविकरण शुल्क नबुझाएमा नविकरण शुल्कको वार्षिक १० प्रतिशत दरले जरिवाना लाग्ने र धितोपत्रको सूचीकरण स्थगन गर्ने जानकारी गराएको छ ।