मन्त्रीनै भ्रष्टाचारको आरोपमा पक्राउ परेपछि....

जेठ १८, नयाँदिल्ली । भ्रष्टाचारको आरोपमा भारतको एउटा अदालतले बहालवाला मन्त्रीलाई थुनामा पठाउने फैसला गरेको छ । भ्रष्टाचारको आरोपमा पक्राउ परेका भारतीय राज्य दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनलाई अदालतले थुनामा पठाउने आदेश दिएको हो । राजस्वसम्बन्धी एक अदालतले उनलाई ९ जुनसम्म हिरासतमा राख्ने आदेश दिएको छ । केन्द्र सरकार मातहतको प्रवर्तन निर्देशनालय (ईडी) ले मन्त्री जैनलाई  गत सोमवार पक्राउ गरेको थियो । उनीमाथि सन् २०१५ को फेब्रुअरीदेखि २०१७ सम्म गैरकानूनी रूपमा धन आर्जन गरेको आरोप छ । केन्द्रीय अनुसन्धान व्युरो  (सीबीआई) ले जैन र उनको परिवारविरुद्ध अगस्ट २०१७ मा १ दशमलब ६२ करोड भारुसम्मको सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको थियो ।त्यही मुद्दामा कर र राजस्व छली वा अवधै सम्पत्तिलगायत विषयमा अनुसन्धान गर्ने प्रवर्तन निर्देशनालयले जैनलाई पक्राउ गरेको हो । निर्देशनालयले अनुसन्धानका लागि उनलाई १४ दिन थुनामा राख्नुपर्ने अदालतसँग माग राखेको थियो ।दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसहित उनको आम आदमी पार्टीले आफ्ना मन्त्रीलाई भारतीय  जनता पार्टीको सरकारले राजनीतिक उद्देश्यले पक्राउ गरेको आरोप लगाएको छ ।   यसैबीच दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोडियाले एक ट्वीटमा हिमाञ्चल प्रदेशमा आगामी चुनावलाई प्रभावित गर्ने उद्देश्यले जैनलाई गिरफ्तार गरिएको आरोप लगाएका छन् ।  त्यसैगरी मुख्यमन्त्री केजरीवालले आप सरकार आर्थिक रूपमा इमानदार रहेको र भ्रष्टाचारीप्रति शून्य सहनशीलता अपनाउने गरेको भन्दै मन्त्री पक्राउको विषय राजनीतिक उद्धेष्यले प्रेरित भएको बताएका छन् । एजेन्सी

सम्बन्धित सामग्री

बलात्कार गरेको आरोपमा एक जना पक्राउ

किशोरीलाई बलात्कार गरेको आरोपमा विराटनगरका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

बलात्कारको आरोपमा तीन जना पक्राउ

लुम्बिनी प्रदेशमा बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । प्रहरीले बुधबार बलात्कारको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।प्रहरीका अनुसार बर्दियामा दुई जना र पाल्पामा एक गरी तीन जना बलात्कारको आरोपमा पक्राउ गरेका हुन् । प्रहरीले बर्दियाकी १२ वर्षीया बालिकालाई  बलात्कार गरेको आरोपमा सोही जिल्लाको मधुवन नगरपालिका –३ बस्ने ४४ वर्षीय कृष्णबहादुर कामीलाई पक्राउ गरेको जनाएको छ । उनले बालिकालाई सोमबार बलात्कार गरेको आरोप लगेको छ ।यस्तै सोही ठाउँका ६१ बर्षीय दुखवा थारुले १२ वर्षीया बालि

हत्या आरोपमा एक पक्राउ

धारिलो हरियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले झापाको दमकबाट एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा दमक नगरपालिका–१ का २० वर्षीय अर्जुन लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको...

बलात्कार गरेको आरोपमा ललितपुरबाट एक पक्राउ

ललितपुरमा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

बलात्कार आरोपमा पक्राउ

दुल्लु । जबर्जस्ती बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बलात्कार गरेको आरोपमा गुराँस गाउँपालिका–३ का ३६ वर्षीय भद्रबहादुर बुढालाई पक्राउ गरिएको छ । आइतबार एक किशोरीलाई रातिको समयमा जबर्जस्ती बलात्कार गरेको र मङ्गलबार पीडितका तर्फबाट निवेदन आएपछि बुधबार पीडितको निवेदनका आधारमा पीडक बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख […]

हत्या आरोपमा चार पक्राउ

सप्तरी। रुपनी गाउँपालिका–१ रायपुरका ५२ वर्षीय रामदल यादवको हत्या आरोपमा प्रहरीले सोही ठाउँका चार युवकलाई आज पक्राउ गरेको छ। धारिलो हतियारले निर्घात कुटपिट गरेर हत्या गरेको आरोपमा मनोज यादव, विनय यादव, मुकेश यादव र मुकेश पासवानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेका रामदलसँग गत बुधबार झगडा गरेको र कुटपिट गरेर धारिलो हतियार प्रहार गरेको बताए। रासस

हत्या गरेको आरोपमा एक पक्राउ

इटहरीमा यूवाको हत्या गरेको आरोपमा शुक्रबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बुधबार राति इटहरी वडा नं. ६ स्थित टे्याङ्ग्रा खोला पूर्व खाली जमिनमा एक युवाको हत्यामा संलग्न भएको आरोपमा वराहक्षेत्र वडा नं. ४ का २४ वर्षे प्रकाश तामाङ्लाई प्रहरीले पक्राउ गरेक...