अदालतकै लापरबाहीका कारण तोकीएको भन्दा पाँचवर्ष बढी जेलमै बस्न बाध्य भएकी पद्ममाया गुरुङ्ले क्षतिपूर्तिस्वरुप ६ लाख रुपैँया पाउने भएकी छन्। जेलबाट निस्कीएको १५ वर्षपछि धनकुटास्थित बुधबारेकी पद्ममायाले क्षतिपूर्ति पाउने भएकी हुन्। पद्ममायाको रिटमा आइतबार प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश केदार प्रसाद चालिसेको इजलासबाट उनलाई क्षतिपूर्ति दिलाउन सरकारका नाममा आदेश जारी भएको सर्वोच्च अदालतले जनाएको हो। पद्ममायाले २०५९ सालमा जेलमुक्त…