काठमाण्डौ – काबुल विमानस्थल नजिकै भिडभाड अनियन्त्रित हुँदा त्यहाँ उपस्थित सात जना अफगानी नागरिकको ज्यान गएको छ ।
आज तालिबानका उच्च नेताहरु सरकार गठनको विषयमा छलफल गर्न काबुलमा भेला भएका छन् । यही क्रममा त्यहाँ आवतजावतमा कडाइ गर्दा काबुल विमानस्थल नजिकै भिडभाड बढेर सात जनाको ज्यान गएको बेलायती रक्षा मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।
मन्त्रालयले काबुलका विमानस्थलको भिडमा ज्यान गुमाउने सात जनाका परिवारप्रति समवेदना पनि व्यक्त गरेको छ । अफगानिस्तानमा तालिबानले सरिया कानुनलाई ल...