हात्ती आक्रमणमा पत्नीको मृत्यु, पति घाइते

शिवसताक्षी नगरपालिका–११ मा वृद्ध दम्पती जङ्गली हात्तीको आक्रमणमा परेका छन् । जसमध्ये पत्नी ६१ वर्षीया वृद्धा कृष्णमाया भण्डारीको उपचारका क्रममा आज मृत्यु भएको छ भने ७१ वर्षीय पति शान्तिराम भण्डारी गम्भीर घाइते छन् । जिल्ला

सम्बन्धित सामग्री

पूर्वी नेपालमा बढ्दो मानव–हात्ती द्वन्द्वका घटना

पूर्वी नेपालको झापा र मोरङ जिल्लामा यस वर्ष मानव–हात्ती द्वन्द्वका घटनामा वृद्धि भएको छ । आहारका लागि खाद्य बालीको खोजी गर्ने हात्ती र यसलाई जोगाउने मानवीय प्रयत्नका कारण हिंसात्मक द्वन्द्व निम्तिने गरेको विज्ञहरु बताउँछन् । जिल्लामा २०७९ वैशाखदेखि हात्तीको आक्रमणबाट १२ जनाको मृत्यु र १३ जना अङ्गभङ्ग (घाइते) भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ …

झापामा हात्तीको आक्रमणबाट डेढ वर्षमा १२ जनाको मृत्यु, १३ घाइते

झापा – जिल्लामा डेढ वर्षको अवधिमा हात्ती आक्रमणबाट १२ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्। घरमा सुतिरहेको अवस्थामा, बिहानको हिँडाइका क्रममा र जङ्गलमा घाँस दाउरा काट्ने क्रममा हात्ती आक्रमणबाट उनीहरुको ज्यान गएको हो। डिभिजन वन कार्यालयका अधिकृत ऋषि पराजुलीका अनुसार विसं २०८० को वैशाखदेखि हालसम्म एक गैरनेपालीसहित छजनाको हात्ती आक्रमणमा ज्यान […]

हात्ती आक्रमणबाट घाइते किशोरीको उपचारमा आर्थिक कठिनाइ

२३ असार, झापा । हात्तीको आक्रमणमा गम्भीर घाइते भएकी अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीकी १३ वर्षीया इक्सा लिम्बुको उपचारमा आर्थिक अभाव भएको छ । छिमेकी आफन्तको घरमा चार दिनअघि रातको ३ बजेतिर उनी हात्तीको आक्रमणमा घाइते भएकी थिइन् । हाल उनको विर्तामोडस्थित बिएन्डसी हस्पिटलको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उनको उपचारमा छ लाखदेखि आठ लाख […]

जंगली हात्तीको आक्रमणबाट गम्भीर घाइते

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका १२ कुण्डा टोलका अन्दाजी ५० वर्षीय जीतबहादुर भाट जंगली हात्तीेको आक्रमणबाट मंगलवार गम्भीर घाइते भएका छन्। गम्भीर घाइते भाटलाई उपचारका लागि कैलालीको धनगढी लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि बाँकेको कोहलपुर लगिएको छ।घरमै आएको हात्तीले बिहान कुहिरो लागेका वेला लखेटेर भाटलाई घाइते बनाएको पूर्व वडाध्यक्ष बाले रानाले बताए। भाटको घरको पाली समेत हात्तीले भत्काइदिएको छ।भाटलाई घाइते बनाएपछि हात्ती पूर्व वडाध्यक्ष रानाको उखुबारीमा पसेको छ। ‘उखुबारीमा हात्ती पसेपछि दिनभर

जंगली हात्तीको आक्रमणबाट चितवनमा एक जना घाइते

२२ असार, चितवन । चितवनको माडीमा जंगली हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन् । माडी नगरपालिका वडा नं. ९ कृष्णनगरका ५३ वर्षका मंगल बोटे हात्तीको आक्रमणबाट घाइते भएका हुन् । मकैं बारीमा आएको हात्ती धपाउने क्रममा उनलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी नरहरी अधिकारीले जानकारी दिए । उनको दुवै साप्रामा […]

बाराको आधाभार जंगलमा ट्रकको ठक्करबाट एक हात्ती घाइते

२९ साउन, वीरगञ्ज । बारामा कन्टेनर बोकेको ट्रकको ठक्करबाट पर्सा राष्ट्रिय निकुञ्जको एउटा हात्ती घाइते भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका-२१ आधाभार जंगलमा बिहीबार राति ८:५० बजे मेनकाकलीलाई ट्रकले ठक्कर दिएको हो । मेनकाकली ६५ वर्षकी भइसकेकी छिन् । ना ५ ख ३५५७ नम्बरको ट्रकको ठक्करबाट हात्तीको माहुते ३२ वर्षीय पवन सिंह पनि घाइते भएका छन् […]

ट्रकको ठक्करबाट मेनकाकली हात्ती घाइते

बारा : पथलैया–अम्लेखगञ्ज सडक खण्डमा ट्रकले ठक्कर दिँदा पर्सा राष्ट्रिय निकुञ्जको एक हात्ती सख्त घाइते भएको छ।बिहीबार राति ९ बजे पथलैयाबाट हेटौडातर्फ जाँदै गरेको ना ५ ख ३५५७ नम्बरको ट्रकले ६५ वर्षीय मेनकाकली नामको हात्ती घाइते भएको हो। हात्तीमा सवार माउते पवन सिंहको वीरगञ्जमा उपचार भइरहेको निकुञ्जले जनाएको छ।रेडिकलर जडान गरिएको बाघको नियमित अनुगमन गर्ने क्रममा दुईवटा हात्ती निकुञ्जको विस्तारित क्षेत्रमा पुगेर गएर फर्कने क्रममा ट्रकले ठक्कर दिएको निकुञ्जले जनाएको छ। हात्ती करिब दुई घण्ट

ट्रकको ठक्करबाट हात्ती घाइते

ट्रकले ठक्कर दिँदा बारामा एक हात्ती घाइते भएको छ। राति ८:४५ बजेको समयमा ट्रकले त्रिभुवन राजपथको आधाबार भन्ने स्थानमा ठक्कर दिँदा पर्सा राष्ट्रिय निकुञ्जको हात्ती घाइते भएको हो।  हात्तीको उद्दारका लागि...

हात्ती छेक्न लगाइएको करेन्टमा परी महिलाको मृत्यु

झापा । जङ्गली हात्ती छेक्न खेतमा लगाइएको करेन्ट लागेर बुद्धशान्ति गाउँपालिका ३ की ४८ बर्षीया विष्णुमाया बास्कोटाको मृत्यु भएको छ । आज बिहान ५ बजे घर नजिकै आफ्नै खेतमा लगाइएको विजुलीको नाङगो तारमा करेन्ट लाग्दा उनी घाइते भएकी थिइन् । घाइते बास्कोटाको उपचारको क्रममा विर्तामोडस्थित विर्तासिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ […]

एकान्तकुनामा ट्रक र हात्ती गाडी ठोक्कियो

ललितपुरको एकान्तकुमा मिनि ट्रक र हात्ती गाडी एकापसमा ठोक्किँदा ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा मिनि ट्रकमा चालक चाँगुनारायण–८ का २१ वर्षीय राजु टुइँटुइँ र हात्ती गाडीका चालक ललितपुर हरिसिद्धि बस्ने ४४ वर्षीय बाबुशरण महर्जन छन् । अन्य घाइते हात्ती गाडीमा सवार ४ जनाको विवरण नखुलेको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी प्रज्वल महर्जनले रातोपाटीलाई बताए । बिहीबार बिहान ६ः१५ बजे एकान्तकुनाबाट सातदोबाटोतर्फ जाँदै गरेको बा २० च ४३८७ नम्बरको हात्ती गाडी र बा ५ ख २१९५ नम्बरको