बाराको आधाभार जंगलमा ट्रकको ठक्करबाट एक हात्ती घाइते

२९ साउन, वीरगञ्ज । बारामा कन्टेनर बोकेको ट्रकको ठक्करबाट पर्सा राष्ट्रिय निकुञ्जको एउटा हात्ती घाइते भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका-२१ आधाभार जंगलमा बिहीबार राति ८:५० बजे मेनकाकलीलाई ट्रकले ठक्कर दिएको हो । मेनकाकली ६५ वर्षकी भइसकेकी छिन् । ना ५ ख ३५५७ नम्बरको ट्रकको ठक्करबाट हात्तीको माहुते ३२ वर्षीय पवन सिंह पनि घाइते भएका छन् […]

सम्बन्धित सामग्री

ट्रकको ठक्करबाट मेनकाकली हात्ती घाइते

बारा : पथलैया–अम्लेखगञ्ज सडक खण्डमा ट्रकले ठक्कर दिँदा पर्सा राष्ट्रिय निकुञ्जको एक हात्ती सख्त घाइते भएको छ।बिहीबार राति ९ बजे पथलैयाबाट हेटौडातर्फ जाँदै गरेको ना ५ ख ३५५७ नम्बरको ट्रकले ६५ वर्षीय मेनकाकली नामको हात्ती घाइते भएको हो। हात्तीमा सवार माउते पवन सिंहको वीरगञ्जमा उपचार भइरहेको निकुञ्जले जनाएको छ।रेडिकलर जडान गरिएको बाघको नियमित अनुगमन गर्ने क्रममा दुईवटा हात्ती निकुञ्जको विस्तारित क्षेत्रमा पुगेर गएर फर्कने क्रममा ट्रकले ठक्कर दिएको निकुञ्जले जनाएको छ। हात्ती करिब दुई घण्ट

ट्रकको ठक्करबाट हात्ती घाइते

ट्रकले ठक्कर दिँदा बारामा एक हात्ती घाइते भएको छ। राति ८:४५ बजेको समयमा ट्रकले त्रिभुवन राजपथको आधाबार भन्ने स्थानमा ठक्कर दिँदा पर्सा राष्ट्रिय निकुञ्जको हात्ती घाइते भएको हो।  हात्तीको उद्दारका लागि...