एकान्तकुनामा ट्रक र हात्ती गाडी ठोक्कियो

ललितपुरको एकान्तकुमा मिनि ट्रक र हात्ती गाडी एकापसमा ठोक्किँदा ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा मिनि ट्रकमा चालक चाँगुनारायण–८ का २१ वर्षीय राजु टुइँटुइँ र हात्ती गाडीका चालक ललितपुर हरिसिद्धि बस्ने ४४ वर्षीय बाबुशरण महर्जन छन् । अन्य घाइते हात्ती गाडीमा सवार ४ जनाको विवरण नखुलेको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी प्रज्वल महर्जनले रातोपाटीलाई बताए । बिहीबार बिहान ६ः१५ बजे एकान्तकुनाबाट सातदोबाटोतर्फ जाँदै गरेको बा २० च ४३८७ नम्बरको हात्ती गाडी र बा ५ ख २१९५ नम्बरको