पोखरामा लागु औषधसहित एक युवक पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१ भैरवचोकका वर्ष १९ का रोहित विकलाई लागू औषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका विकको साथबाट डाईजापाम–१२१ एम्पुल, फेनारगन–१२१ एम्पुल र नर्फिन–१२१ एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता एवं डिएसपी सुन्दर तिवारीले जानकारी दिए । विकलाई लागू औषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी तिवारील