बर्दियाको मधुवन झडपमा एक जनाकाे ज्यान गयाे, डीएसपीसहित केही स्थानीयवासी घाइते

बर्दिया – बर्दियाको मधुवन नगरपालिकामा वन्यजन्तु पीडित प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक युवतीकाे ज्यान गएकाे छ । ज्यान गुमाउनेमा मधुवन २ कि नविना चाैधरीकाे ज्यान गएकाे हाे ।  झपडका क्रममा प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित सात प्रहरी, दुई सशस्त्र र दुई सर्वसाधारण घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । झपडका क्रममा प्रहरीले दर्जनौँ सेल अश्रुग्याससहित लाठी चार्ज र रबरकाे गाेली प्रहार गरेको छ । मधुवनको ओरालीमा भएको प्रदर्शन राकिए पनि गुलरिया–राजापुर सडक खण्ड अझै...

सम्बन्धित सामग्री

हुम्लाको चङ्खेली गाउँपालिकामा पहिरोले पुरिँदा चार जनाको मृत्यु, पाँच जना घाइते

हुम्ला : हुम्लाको चङ्खेली गाउँपालिका-६ मा पहिरोले एक घर पुरिँदा चार जनाको मृत्यु भएको छ। पहिरोमा परि पाँचजना घाइते भएका छन्। घाइतेको उद्धार गरिएको छ। लगातार परेको पानीले घरमाथि पहिरो जाँदा घर पुरिएको स्थानीयवासी ध्रुवकुमार शाहीले बताए। उनका अनुसार मृत्यु हुने चारै जना बालबालिका हुन्। घटनास्थलमा प्रहरी पुगिनसकेकाले के कति…

डोलेश्वरमा तीर्थालु बोकेको बस दुर्घटना, १४ जना घाइते

भक्तपुर – साउनको चौथो सोमबार आज सूर्यविनायक नगरपालिका–८ सिपाडोलको प्रसिद्ध मन्दिर डोलेश्वर महादेव मन्दिरमा दर्शन गरेर फर्किएका यात्रु र स्थानीयवासी सवार यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। डोलेश्वरबाट यात्रु बोकेर भक्तपुरतर्फ आउँदै गरेको बा ३ ख ३७८४ नम्बरको यात्रुबाहक बस आज वडा कार्यालय नजिकै सडकमै पल्टिँदा १४ यात्रु घाइते भएको महानगरीय प्रहरी […]

डोलेश्वरमा तीर्थालु बोकेको बस दुर्घटना, १४ जना घाइते

भक्तपुरः साउनको चौथो सोमबार आज सूर्यविनायक नगरपालिका ८ सिपाडोलको प्रसिद्ध मन्दिर डोलेश्वर महादेव मन्दिरमा दर्शन गरेर फर्किएका यात्रु र स्थानीयवासी सवार यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। डोलेश्वरबाट यात्रु बोकेर भक्तपुरतर्फ आउँदै गरेको बा३ख ३७८४ नम्बरको यात्रुबाहक बस वडा कार्यालय नजिकै सडकमै पल्टिँदा १४ यात्रु घाइते भएको…

टाटा सुमोको ठक्करबाट एक जनाको मृत्यु, दुई जना घाइते

टाटा सुमोको ठक्करबाट रौतहटमा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । जिल्लाको पूर्वीदक्षिणी भेग दुर्गा भगवती गाउँपालिका–२, भलोहियामा भएको दुर्घटनामा ६० वर्षीय स्थानीयवासी भरोसी महतोको मृत्यु भएको हो ।आफ्नो घर अगाडि बसेर कुरा गरिरहेको अवस्थामा सोमबार राति ना४च १०३१ नम्बरको टाटा सुमोले भरोसी महतो, ४० वर्षीय संगीता पाण्डे र ६० वर्षीय रामजी दासलाई ठक्कर दिएको थियो । महतोको उपचारका क्रममा एलएस न्युरो अस्पताल, वीरगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुनिल

हिउँमा फसेका ३४ जना घर फर्किए

जुम्ला तातोपानी गाउँपालिका–८ का हिउँमा फसेका ३४ जना स्थानीय पाँच दिनपछि सकुशल घर फर्किएका छन् । हिउँमा फसेका सबै सकुशल घर फर्किएको स्थानीयवासी सुरत शाहीले बताए । हिउँमा फसेकाको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय र तातोपानी गाउँपालिकाले कर्णाली प्रदेश सरकारलाई उद्धारका लागि पहल गर्न आग्रह गरेको थियो ।प्रदेश सरकारले नेपाली सेनाको हेलिकोप्टरमार्फत खाद्यन्न छाडेर फर्किएको थियो । पाटन क्षेत्रमा जडीबुटी सेतोचिनी सङ्कलनका लागि गएका स्थानीयवासी हिउँ परेपछि पाटनमै थुनिएका थिए । हिउँमा फसेका

लमजुङको भुस्मेमा जीप दुर्घटना : १२ जना घाइते

मस्र्याङ्दी गाउँपालिका ८ भुस्मे नजिकै कालिमाटी भन्ने स्थानमा ग१ज ६३१७ नंको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । मर्स्याङ्दी –९ सिमपानीबाट सोही पालिकाको पिसहिलडाँडा घुम्न  यात्रु लिएर गएरको सो जीप आज विहान दुर्घटनामा परेको भुस्साका स्थानीयवासी होमराज तामाङले जानकारी दिए ।उनका अनुसार दुई जनाको जीपबाट  उद्धार गर्न समस्या भइरहेको छ भने अन्य १० जनाको उद्धार गरेर जिल्ला अस्पताल ल्याइँदै छ । जीपमा सिमपानीस्थित गणेश माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षक रहेका र घुम्तीमा ब्याक ग

स्यालले टाेक्दा सर्लाहीकाे हरिपुरका ५ जना घाइते

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका वडा नम्बर ८ मा स्यालको टोकाइबाट पाँच जना घाइते भएका छन् । स्यालले मानिसलाई टाेकेपछि स्थानीयवासी त्रसित भएका छन् ।  उखु बारीबाट गाउँ पसेको स्यालले मानिसलाई मात्रै नभइ पशुलाई समेत टोक्न थालेपछि स्थानीयवासीमा त्रास बढेर गएको वडा नम्बर ८ का अध्यक्ष हरिबहादुर थापाले जानकारी दिनुभयो । स्यालले टोकेर घाइते भएका सबै जनालाई रेबिजविरुद्धको खाेप लगाइएको प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीले जनाएको छ । स्याल गाउँबाट हरिपुरको नहर हुँदै भागेर जङ्गल पसेको स्थानीयवासीले बताएका छन्...

बझाङ - पहिराेले ७ घर पुरिए, २३ जना बेपत्ता

बझाङ – बझाङकाे थलारा गाँउपालिका ४ डिख्लामा हिजाे साेमवार राति पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका स्थानीयवासी विस्थापित भएका छन् भने भने सात घर पुरिएका छन् । बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना रहेका छन् । गगने सार्की रोजगारीका लागि भारतमा हुनुहुन्छ । उहाँका माइला छोरा काले सार्की मात्र सकुशल हुनुहुन्छ । तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीयवासी विस्थापित भइ त्रिभुवन मा.वि महेन्द्रधारमा बसेका छन् ...