बझाङ - पहिराेले ७ घर पुरिए, २३ जना बेपत्ता

बझाङ – बझाङकाे थलारा गाँउपालिका ४ डिख्लामा हिजाे साेमवार राति पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका स्थानीयवासी विस्थापित भएका छन् भने भने सात घर पुरिएका छन् । बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना रहेका छन् । गगने सार्की रोजगारीका लागि भारतमा हुनुहुन्छ । उहाँका माइला छोरा काले सार्की मात्र सकुशल हुनुहुन्छ । तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीयवासी विस्थापित भइ त्रिभुवन मा.वि महेन्द्रधारमा बसेका छन् ...