विराटनगर । कोसी अस्पतालमा ३ चिकित्सकसहित १५ जना कोभिड–१९ संक्रमित भएको अस्पतालले जनाएको छ । संक्रमित हुनेमा आँखा, शल्यक्रिया र नसासम्बन्धी तीन चिकित्सक रहेको बताइएको छ । अन्य कर्मचारीमा पीसीआर प्रयोगशालाका तीन, आँखाका कार्यालय सहयोगी, अन्य एक सहयोगी, हड्डीको बहिरंगका विभागका २ नर्स, तीन जना प्लास्टर गर्ने, एक स्विपर र एक पूर्जी काउन्टरका कर्मचारी हुन् […]