अफगानिस्तानको तालिवान सरकारले भिडियाे एप टिकटक र गेमिङ एप पब्जीमाथि प्रतिबन्ध लगाएको छ। बुधबार बसेकाे मन्त्रिपरिषदकाे निर्णयले यस्ताे प्रतिबन्ध लगाएकाे हाे। तालिबान सरकारका प्रवक्ता इनमुल्लाह सामाङ्गानीले यी खालका एपहरूले युवाहरूलाई बहकाउने बताएका छन्। ‘हामीले टिकटक एप र पब्जी गेमले मानिसहरूको समय कसरी बर्बाद गरिरहेको छ भन्ने बारेमा धेरै गुनासोहरू प्राप्त गरेका छौँ’, सामगानीले भने, ‘सञ्चार […]