आईपीओ ल्याउने तयारीमा म्यूजिक नेपाल, एनआइसी एशिया क्यापिटल बिक्री प्रवन्धक
काठमाडौं। करिब चार दशक अघि स्थापना भएको सांगितिक क्षेत्रको एक कम्पनीले सर्वसाधरणहरुमा सार्वजनिक निष्कासन(आईपीओ)जारी गर्ने भएको छ।
कम्पनीले आईपीओ जारीका लागि
महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले दस वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्ने भएको हो ।बैंकले प्रति ऋणपत्र एक हजार रुपैयाँ अंकित दरका कुल एक अर्ब रुपैयाँ बराबरको दश लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले ऋणपत्र निष्कासनको लागि एनआइसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको […]
भदौ ३१, काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन ओटा कम्पनीको संस्थापक शेयर खरीदका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज (बिहीवार) अन्तिम दिन रहेको छ ।
बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको ३ लाख ८१ हजार ९०२ कित्ता, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ८४ हजार ८९२ कित्ता र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको ३ लाख ५ हजार ६५ कित्ता शेयर भदौ २१ गतेदेखि लिलामीमा आएको हो ।
नागरिक लगानी कोषको शेयरमूल्य न्यूनतम रू. १ हजार २९४, मेरो माइक्रोफाइनान्सको रू. ५२९ र आरएमडिसी लघुवित्तको रू. ५४१ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।
मेरो माइक्रोफाइनान्स र नागरिक लगानी कोषको शेयर खरीदका लागि न्यूनतम १०० कित्ता र आरएमडिसी लघुवित्तको शेयर खरीदका लागि न्यूनतम एक हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ । अधिकतम कित्ताका लागि भने कुनै पनि हद लाग्ने छैन । विक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
भदौ ३०, काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन बिहीवार (भदौ ३१ गते) सम्म रहेको छ ।
बैंकले भदौ २१ गतेदेखि कम्पनीको ३ लाख ५ हजार ६५ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । उक्त शेयर खरीदको लागि कम्पनीको न्यूनतम शेयर मूल्य रू. ५४१ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।
आवेदकले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउने जानकारी गराएको छ । विक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
नेपाल धितोपत्र बोर्डले विशिष्टीकृत लगानी कोषको स्थापना र सञ्चालन गर्नका लागि पाँच वटा कम्पनीलाई प्रारम्भिक अनुमति दिएको छ ।बोर्डले कोष व्यवस्थापको काम गर्नका लागि ग्लोबल इक्विटी फण्ड, लक्ष्मी क्यापिटल मार्केट, एनआइबिएल एस क्यापिटल, एनआइसी एशिया क्यापिटल र एनएमबी क्यापिटललाई आवश्यक पूर्वाधार तयार अनुमति दिएको हो । बोर्डमा कोष व्यवस्थापको काम गर्नका लागि ९ कम्पनीले आवेदन […]
इमर्जिङ नेपाल लिमिटेडले साधारण शेयर बिक्रीका लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आज जारी गरेको विज्ञप्तिअनुसार रु १०० अङ्कित दरका पाँच लाख ५५ हजार ६०० कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो ।
शेयर बिक्रीका लागि एनआइसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गरिएको हो । सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको र छिट्टै साधारण शेयर बिक्री गरिने जनाइएको छ ।