एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज, मंसिरमा महाधिवेशन

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष र महासचिव बाहेक सबै पद खारेज गरेका छन्। शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ। बैठकमा माधव नेपाल पक्ष भने सहभागी थिएन।  

सम्बन्धित सामग्री

एमालेमा अध्यक्ष ओली निकटलाई महत्त्वपूर्ण जिम्मेवारी, भीम रावललाई यस्तो पद

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशनबाट विभिन्न पदमा निर्वाचित नेताहरूको कार्यविभाजन गर्ने क्रममा आफूनिकट नेतालाई महत्त्वपूर्ण जिम्मेवारी दिएका छन् । उनले आफूनिकट र पूर्व माओवादी समूहलाई महत्त्वपूर्ण जिम्मेवारी र वरीयताक्रममा माथि राख्दा विगतमा माधवकुमार नेपालनिकट रहेका नेतालाई भने ‘बाइपास’ गरेका छन् । अधिकांश उपाध्यक्षलाई नाम मात्रको जिम्मेवारी दिइएको छ । एमालेकी पूर्व उपाध्यक्ष समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी निकटका नेतालाई पनि महत्त्वपूर्ण जिम्मेवारी दिइएको छ । मंसिर ...

एमालेको निर्वाचनमा २११४ मत खस्यो

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा २११४ मत खसेको छ । निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले कुल २१५३ मतदातामध्ये २११४ मत खसेको जानकारी दिए । एमालेको नयाँ नेतृत्व चयनका लागि बिहानदेखि मतदान भएको थियो भने अब मतदान सकिएसँगै मतगणनाको  तयारी भइरहेको छ ।एमालेमा अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका केही क्लस्टरमा आज मतदान भएको हो । एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली र भीम रावल प्रतिस्पर्धामा छन् । ६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम

एमाले महाधिवेशन : मतदान सकियो

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । मंगलबार बिहानदेखि जारी मतदान केहीबेरअघि सकिएको हो । महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान गरिएको थियो । सोमबार राति सुरु गर्ने भनिएको मतदान प्राविधिक कारणले ढिला गरी सुरु भएको थियो ।एमालेमा अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका केही क्लस्टरमा आज मतदान भएको हो । एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली र भीम रावल प्रतिस्पर्धामा छन् । ६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम भुसाल, अष्टलक्ष्मी शा

‘मैले पनि गल्ती गरेको छु, एक दिन भए पनि निलम्बित हुन चाहन्छु’ [भिडियो]

नवौं महाधिवेशनपछि एमालेमा अध्यक्ष केपी शर्मा ओलीका क्रियाकलापमाथि सबैभन्दा बढी प्रश्न गर्ने नेता थिए– उपमहासचिव घनश्याम भुसाल । उनले पार्टीभित्र र बाहिर सार्वजनिक मञ्चहरूमा ओलीका हरेक कदमको चर्को विरोध गरे । तर अघिल्लो वर्ष उनी ओलीकै मन्त्रिपरिषद्‌मा सामेल भए । मन्त्रिपरिषद्‌मा बस्दा पनि प्रधानमन्त्रीमाथि प्रश्न गर्ने उनी प्रतिनिधिसभा विघटनपछि मन्त्री पद छोडेर अ‍ोलीविरुद्ध सडक संघर्षमा उत्रिए ।

ओली-नेपाल सहमतिको सम्भावना कमजोर, दुवैको आफ्नै दाउ

काठमाडौं, २७ असार । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सहमतिको सम्भावना कमजोर भएको छ । नेपालले अध्यक्ष पद मागेपछि सहमतिको सम्भावना कमजोर भएको हो । अध्यक्ष ओलीलाई नेपालले प्याकेजमा सहमतिको प्रस्ताव गरेको बुझिएको छ । जस अनुसार नेपालले अध्यक्ष पद पाउनुपर्ने, पार्टी संस्थागत रुपमा चल्नुपर्ने, विगतका कमी कमजोरीमा आत्मालोचना […]

ओलीको चियापान नेपाल-खनाल समूहद्वारा बहिष्कार, गौतम समूहको छुट्टै बैठक

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आयोजना गरेको चियापान कार्यक्रमलाई वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बहिष्कार गरेको छ । बिहान ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चियापान कार्यक्रम गर्न लागिएको हो । चियापानमा पार्टीका सबै केन्द्रीय सदस्यहरुलाई निमन्त्रणा गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मोबाइल एसएमएसमार्फत ओली समूहले पार्टीका सबै केन्द्रीय सदस्यलाई निम्तोसहितको सन्देश पठाएको छ । एमाले फुटको संघारमा पुगेको बेला ओलीले आयोजना गरेको चियापान कार्यक्रममा नेकपाको खनाल–नेपाल समूह भने नजाने भएको छ । अध्यक्ष ओलीले पार्टीमा एकलौटी गरेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह रुष्ट छ। गएको फागुन २८ गते ओलीले महासचिव बाहेक पार्टीका सबै पदाधिकारी खारेज गरेर विभिन्न प्रदेश तथा संगठनमा नयाँ नियुक्त गरेपछि एमालेमा विवाद तीव्र बनेको छ। विवाद समाधानको लागि सोमबार ओलीले खनाल–नेपाल समूहसँग छलफल गरेका थिए । तर, हिजोको छलफलमा दुबै पक्ष आ–आफ्नो अडानमा कायम रहेपछि एमाले विवाद अझ बढ्ने संकेत देखिएको छ । नेपाल–खनाल समूहले बुधवार र बिहीवार राष्ट्रिय कार्यकर्ता भेला गर्ने तयारी अघि बढाएको छ । नेपाल–खनालको आज पत्रकार सम्मेलन यसैबीच नेपाल–खनाल समूहले आज दिउँसो पत्रकार सम्मेलन आयोजना गर्दैछ । वरिष्ठ नेता माधवकुमार नेपाल निकट एक नेताका अनुसार ४ र ५ चैतमा गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको विषयमा जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलन गर्न लागिएको हो । साथै समसामयिक राजनीतिक विषयमासमेत नेता नेपालले पत्रकार सम्मेलनमा आफ्ना धारणा सार्वजनिक गर्ने उनको भनाई छ । वामदेव समूहको आज बैठक बस्दै यता, एमाले उपाध्यक्ष वामदेव गौतमले आज (मंगलबार) आफू संयोजक रहेको ‘नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान’को बैठक राख्दै हुनुहुन्छ । उहाँका प्रेस सल्लाहकार विश्वमणि सुवेदीका अनुसार बैठक बिहान ११ बजे बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा बस्दैछ । गौतमका प्रेस सल्लाहकार सुवेदीका अनुसार आज अभियानको कार्यसमिति नभई कार्यसम्पादन समितिको सानो समूहबीच छलफल गर्न लागिएको हो । यही फागुन २८ गते आफूपक्षीय केन्द्रीय सदस्यको बैठक राखेर अध्यक्ष ओलीले एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पद हटाउने निर्णय गरेपछि नेता गौतमको उपाध्यक्ष ...

एमालेमा अध्यक्ष र महासचिव पद मात्रै : RajdhaniDaily.com -

एमालेमा अध्यक्ष र महासचिव पद मात्रै: RajdhaniDaily.com | काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद झन्झन् बढदै गइरहेको अवस्थामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको -

एमालेमा अध्यक्ष र महासचिव पद मात्रै

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद झन्झन् बढदै गइरहेको अवस्थामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष र महासचिवबाहेकका सबै पद खारेज गरेको छ । बैठकले पार्टीको १० औँ महाधिवेशन २०७८ सालको २ देखि ६ मंसिरमा काठमाडाैंमा गर्ने निर्णय गरेको...