नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशनबाट विभिन्न पदमा निर्वाचित नेताहरूको कार्यविभाजन गर्ने क्रममा आफूनिकट नेतालाई महत्त्वपूर्ण जिम्मेवारी दिएका छन् ।
उनले आफूनिकट र पूर्व माओवादी समूहलाई महत्त्वपूर्ण जिम्मेवारी र वरीयताक्रममा माथि राख्दा विगतमा माधवकुमार नेपालनिकट रहेका नेतालाई भने ‘बाइपास’ गरेका छन् । अधिकांश उपाध्यक्षलाई नाम मात्रको जिम्मेवारी दिइएको छ ।
एमालेकी पूर्व उपाध्यक्ष समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी निकटका नेतालाई पनि महत्त्वपूर्ण जिम्मेवारी दिइएको छ ।
मंसिर ...