म्याग्दी सदरमुकामस्थित बेनी नगरपालिका–७ मङ्गलाघाटमा सडक कालोपत्र गरिएको छ । मङ्गलाघाटदेखि हाडेभिर हुँदै बगरफाँट जोड्ने एक हजार ४०० मिटर लामो सडक कालोपत्र गर्न तीन वर्ष लागेको हो । मङ्गलाघाटमा आक्सफाल्ट प्रविधिको कालोपत्र गरेको निर्माण कम्पनीले हाँडेभिरदेखि बगरफाँटतर्फ जोड्ने सडक कालोपत्र गर्न बेस र सब बेस राखेको छ । सघन सहरी विकास डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको उक्त योजना देव एण्ड सायर–बिएन–त्रिशक्ति जेभीले रु पाँच करोडमा ठेक्का लिएको थियो । दुई वर्षमा सम्पन्न गर्न