गत निर्वाचनमा करीब २ तिहाइ मत ल्याएर सत्तासीन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को राजनीतिक विभाजनसँगै प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल 'प्रचण्ड'-माधवकुमार नेपाल पक्षबीच जुहारी चलिरहेको छ ।
प्रचण्ड-नेपाल पक्षले ओलीलाई प्रतिगमनकारी करार गरिदिएको छ भने ओली पक्षले चुनावसँग डराएको आरोप लगाइरहेको छ । गत पुस ५ गते सरकारको सिफारिसमा प्रतिनिधिसभा भंग गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन घोषणा गरेकी थिइन् ।
संसद भंग भएलगत्तै नेकपा दुईचिरा भएको छ । एउट...