दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा सोमबारदेखि बच्चाका लागि कोरोनाभाइरस भ्याक्सिन ‘कोभ्याक्सिन’ को क्लिनिकल ट्रायलको स्क्रिनिङ चरण सुरु भइसकेको छ । यो चरण अन्तर्गत एम्समा १२ देखि १८ वर्षका उमेर समूहका केही बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । यस्तै, एम्स (पटना) मा क्लिनिकल ट्रायलको प्रक्रियाको सुरु गरिएको छ ।एम्स (पटना) को मेडिकल सुपरिटेन्डेन्ट प्राध्यापक सीएम सिंहले बताए अनुसार सुरुवाती समयमा उनको अस्पतालमा कूल तीन बच्चालाई भ्याक्सिन दिइएको छ । यसका साथै भारतमा ह