पोखरामा यही २८ गतेदेखि राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगिताको तयारी चलिरहे पनि भौतिक संरचनाहरूको स्तर भने निकै कमजोर देखिएको छ ।खेलकुद प्रतियोगिता हुन केही दिन मात्र बाँकी हुँदा प्रतियोगिताका लागि आवश्यक भौतिक संरचनाले पूर्णता पाएका छैनन् । पार्टी प्यालेसदेखि लिएर होटलको स्वीमिङ पुलमा समेत प्रतियोगिता गर्ने योजना छ ।त्यस्तै टेबल टेनिस, उसु, कबड्डीजस्ता खेलका लागि पनि संरचनाहरू कमजोर छन् । २०४० सालमा आयोजना भएको दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रयोग भएका संरचनाहरू अहिले