काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने बताएका छन् । विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाको तर्फबाट प्रतिनिधिसभामा जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले भने, ‘नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुनै सक्दैन ।’ गृहमन्त्री खाँणले एमसीसी र एसपीपी फरक-फरक भएको बताए । […]