गृहमन्त्री खाणले भने - नेपाल एसपिपीमा संलग्न हुँदैन, प्रधानमन्त्रीको अमेरिका भ्रमण सुनिश्चित भएको छैन

सरकारले अमेरिकाको स्टेट पाटनरसीप प्रोग्राम (एसपिपी)सँग आवद्ध हुने सोचसमेत नराखेको स्पष्ट पारेको छ । नेपालको भूमि कुनै पनि मित्रराष्ट्रका विरुद्ध कुनै पनि प्रकारले प्रयोग हुन हुँदैन भन्नेमा नेपाल सरकार दृढ रहेको सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले स्पष्ट पारे।प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री खाणले भने, “एसपिपी कार्यक्रममा नेपाल आवद्ध भएको छैन, यससम्बन्धी कुनै निर्णय गरेको छैन, निर्णय गर्ने सोच राखेको पनि छैन, यसमा स्पष्टरुपमा प्रतिबद्धता राख्न चाहन्छु ।” नेपालको राष्ट्रिय स

सम्बन्धित सामग्री

प्रधानमन्त्री अमेरिका जाने सुनिश्चित भएको छैन : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अहिलेसम्म सुनिश्चित नभएको बताएका छन् । प्रधिनिधिसभाको बिहीबारको बैठकमा प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे जानकारी गराइनुपर्ने प्रश्न उठेपछि प्रधानमन्त्रीका तर्फबाट जवाफ दिँदै गृहमन्त्री खाँणले अहिलेसम्म प्रधानमन्त्रीको अमेरिका भ्रमण सुनिश्चित नभएको बताए ।

प्रधानमन्त्रीको अमेरिका भ्रमण निश्चित भइसकेको छैन : गृहमन्त्री

काठमाडौँ । सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण निश्चित नभइसकेको बताएको छ । रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री बालकृष्ण खाँणले भने, ‘प्रधानमन्त्रीको अमेरिका भ्रमण अहिलेसम्म सुनिश्चित भएको छैन ।’ विभिन्न देशको निम्तोमा सरकारका पदाधिकारीहरु भ्रमणमा जानु स्वभाविक भएको उनले बताए । उनले भने, ‘भ्रमणको कार्यतालिका बनेपछि सदनलाई जानकारी हुनेछ ।’

प्रधानमन्त्रीको अमेरिका भ्रमण निश्चित भइसकेको छैन : गृहमन्त्री खाँण

२ असार, काठमाडौं । सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण निश्चित नभइसकेको बताएको छ । रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री बालकृष्ण खाँणले भने, ‘प्रधानमन्त्रीको अमेरिका भ्रमण अहिलेसम्म सुनिश्चित भएको छैन ।’ विभिन्न देशको निम्तोमा सरकारका पदाधिकारीहरु भ्रमणमा जानु स्वभाविक भएको उनले बताए । उनले भने, ‘भ्रमणको कार्यतालिका बनेपछि सदनलाई जानकारी […]