जातीय विभेदविरुद्ध कलम चलाउने सञ्चारकर्मी लम्साललाई डा. अम्बेडकर अवार्ड

सञ्चारकर्मी आरती लम्साल डा. भिमराव अम्बेडकर अवार्ड २०१९ बाट सम्मानित हुनुभएकाे छ । भारतको राजधानी नयाँ दिल्लीमा आयोजित समारोहमा भारतीय अकादमीले लम्साललाई जातीय विभेदको अन्त्य र महिला सशक्त्तिकरणमा योगदान पुर्याए बापत डा. अम्बेडकर कलाश्री अवार्डबाट सम्मान गरेको हो   जातीय विभेदविरूद्ध अन्तरजातिय विवि...

सम्बन्धित सामग्री

रोहितको निर्देशनमा बनेको सर्ट फिल्म ‘चेत’ उत्कृष्ट २० मा

६ माघ, काठमाडौं । सुनसरीका सञ्चारकर्मीहरुले निर्माण गरेको जातीय विभेद विरुद्धको सर्ट फिल्म ‘चेत’ यूएनडीपीको उत्कृष्ट २० मा पर्न सफल भएको छ । जातीय विभेद विरुद्ध सचेतना जगाउने उद्देश्यले यूएनडीपीको आह्वानमा देशभरबाट निर्माण भएका ७० मध्ये सञ्चारकर्मी रोहित खनाल र रेवती निरौलाको टीमले निर्माण गरेको उक्त सर्ट फिल्म उत्कृष्ट २० मा छनोट भएको हो । […]

रूपा सुनारलाई काेठा भाडामा नदिने सरस्वतीसंग १ लाख १५ हजार धराैटी माग

काठमाडाैं ।  दलितलाई कोठा भाडामा नदिएर जातीय विभेद गरेको आरोप लागेकी काठमाडौं बबरमहलकी सरस्वती प्रधानसँग जिल्ला अदालत काठमाडौंले १ लाख १५ हजार रुपैयाँ धरौटी माग गरेको छ । बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले प्रधानलाई १ लाख १५ हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको छ । सञ्चारकर्मी रुपा सुनारले गत असार […] The post रूपा सुनारलाई काेठा भाडामा नदिने सरस्वतीसंग १ लाख १५ हजार धराैटी माग appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

पूर्व मन्त्री श्रेष्ठविरुद्ध अनुसन्धान अघि बढाउन सर्वोच्चको आदेश

काठमाडौं। सर्वोच्च अदालतले जातीय विभेद गरी कोठा नदिएको घरबेटीलाई छुटाउन सहयोग गरेकोमा पूर्व मन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध अनुसन्धान अघि बढाउन अन्तरिम आदेश दिएको छ। बिहीबार न्यायाधीश प्रकाशमान सिंह राउत र नकुल सुवेदीको इजलासले सञ्चारकर्मी रुपा सुनारले दिएको जाहेरी दरखास्त दर्ता गरी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं र प्रहरी वृत्त सिंहदरबारलाई आदेश दिएको हो।

शिक्षामन्त्रीलाई कारबाही र राजीनामाको माग राख्दै ज्ञापनपत्र

सर्लाहीमा नेपाल उत्पीडित जातीय मुक्ति समाज प्रदेश नं. २ का प्रदेश अध्यक्ष गोविन्द पासवानको नेतृत्वमा सञ्चारकर्मी रूपा सुनारमाथि भएको जातीय विभेदमा मुछिएका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई आवश्यक कारबाही र राजीनामाको माग राख्दै जिल्ला प्रशासन कार्यालय, सर्लाहीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।सञ्चारकर्मी रूपा सुनारमाथि भएको जातीय विभेद तथा छुवाछूतको घटनामा आरोपित सरस्वती प्रधानलाई प्रहरी अनुसन्धानको क्रममा नै […]

रुपाले दिएको रिटमा सर्वोच्चले मन्त्री श्रेष्ठसँग माग्यो लिखित जवाफ

काठमाडौँ । जातीय विभेदको आरोप लागेकी घरबेटीलाई रिहा गराउन सहयोग गरेको विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग गरेको अन्तरिम आदेशका विषयमा छलफलका लागि दुबै पक्षलाई असार २८ गते बोलाएको छ । सञ्चारकर्मी रुपा सुनारलाई जातीय विभेद गरी […]

सामाजिक सञ्जालमा विचार राख्दा मर्यादित बनौं– मानवअधिकार आयोग

काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले सामाजिक सञ्जालमा आफ्ना विचारहरु प्रस्तुत गर्दा संयमित र सामाजिक सद्भाव राख्न सबैलाई अनुरोध गरेको छ। सञ्चारकर्मी रुपा सुनारमाथि भएको जातिय भेदभावको घटनामा सामाजिक सञ्जालमा विभिन्न धारणाहरु आएपछि आयोगले यस्तो अनुरोध गरेको हो। आयोगले जातीय विभेद तथा छुवाछुत जस्तो संवेदनशील घटनामा संलग्न दोषीलाई संरक्षण कार्य रोक्न पनि सरकारलाई निर्देशन दिएको छ।

जातीय विभेद गर्ने घरबेटीको बचाउमा शिक्षामन्त्री लागेको भन्दै मोर्चाको बिरोध

दलित भएको थाहा पाएपछि सञ्चारकर्मी रुपा सुनारलाई कोठा दिन अस्वीकार गर्ने काठमाडौं ववरमहलकी सरस्वती प्रधानलाई उन्मुक्ती दिनेगरी शिक्षामन्त्री लागेको भन्दै जात व्यवस्था उन्मुलन मोर्चा, नेपाल बागमती उपत्यका सम्पर्क समितिले भत्र्सना गरेको छ।