रूपा सुनार प्रकरण : मानव अधिकार आयोगमा शिक्षामन्त्रीले भने- 'मबाट नहुनुपर्ने काम भयो'

राष्ट्रिय मानवअधिकार आयोगले जातीय विभेद तथा छुवाछूतजस्तो संवेदनशील घटनामा संलग्न दोषीलाई संरक्षण गर्ने कार्य नगर्न आग्रह गरेको छ । आयोगले छुवाछूतका घटनालाई संवेदनशील रुपमा लिई घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धानमार्फत दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन तथा पीडितको न्याय, मर्यादा र समानताको अधिकार संरक्षण गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले सामाजिक सञ्जालमा आफ्ना विचार प्रस्तुत गर्दा संयमित हुन र सामाजिक सद्भाव राख्न सम्बद्ध सबै पक्षलाई अनुरोध गरेको छ । सञ्चारकर्मी रुपा सुनारलाई जातीय पहिचानका आधारमा कोठा नदिई...