बेँसीसहर–चामे सडकमा सधैं सास्ती

मनाङ । मनाङमा चिसो सिरेटोसँगै हिमालको नजिकबाट निस्किएको घामको झुल्को हेर्न पर्यटक आउने गर्दछन् । यस याममा आन्तरिक तथा बाह्य पर्यटक जिल्ला भित्रिन्छन् । तर सडकको दुरवस्थाले उनीहरूले सास्ती खेप्नुपरेको छ । जिल्लाबाट देखिने पिसाङ, गंगापूर्ण र तिलिचो हिमालको तस्विर कैद गर्न जति सजिलो छ, त्यहाँसम्म पुग्न भने निकै अप्ठ्यारो सडक छिचोल्नु पर्दछ । सडक खण्डअन्तर्गत लमजुङको च्याम्चे, मनाङको म्यादीभिर, खोत्रो, बगरछाप, तिमाङ उकालोमा सहजै गाडी चढ्दैन । बेँसीसहरदेखि करिब २२ किलोमिटरमा पर्ने उक्त ठाउँमा ढलान गरिएको छ । ढलान कट्नेबित्तिकै ढुंगामाटोले भरिएको उकालोमा सहजै सवारीसाधन अघि नबढ्दा कतिपय हिँडेर जान बाध्य भएको स्थानीय जनप्रतिनिधि सुमन गुरुङले बताए । ‘यही ठाउँबाट बाटो लैजानुपर्ने बाध्यता हो । सीधै बाटो लैजान बस्ती उठाउनुपर्छ,’ उनले भने । ती अस्थायी संरचना पार गर्न सवारीसाधन, चालक र यात्रुलाई कठिनाइ भोग्नुपरेको छ । सडकमा सबैभन्दा बढी क्षति पुगेको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेका अनुसार यातायात जसोतसो चलिरहेको छ । तर स्थायी रूपमा सञ्चालन गर्न अहिलेको तत्कालीन सडकभन्दा अर्को विकल्प खोज्नुपर्ने देखिएको छ । बेँसीसहरदेखि मनाङसम्म ६५ किलोमिटरमध्ये लमजुङ खण्डको म्यादीसम्म ३५ किलोमिटर छ । लमजुङ खण्डको स्याँगे, काप्रेभिर, अर्खलेबेँसीलगायत क्षेत्रमा बाढीपहिरोले कठिन सडकको रूपमा पहिचान बनाएको छ । मनाङ खण्डको ३० किलोमिटरअन्तर्गत सिरानताल, निगालो घारी, खोत्रो, धारापानी, बगरछाप, तिमाङ उकालो, तिमाङखोला, कोतो क्षेत्रमा सवारीसाधन सहजै पास गर्न सक्ने अवस्थामा छैन । मनाङका प्रहरी नायव उपरीक्षक सुवास खड्काले जसोतसो हिमाली जिल्ला मनाङसम्म सवारी सञ्चालन भए पनि सहज भने नरहेको बताए । ‘अप्ठ्यारो सडकका कारण कतिपय सवारीसाधनले बीच बाटोमै अड्किनुपर्ने अवस्था छ,’ उनले भने । वर्षायाममा बाढीपहिरोले बन्द माथिल्लो मनाङ जाने सडक भने चट्टान फोडेर निर्माण गरिएको छ । मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङभिर र भ्राताङदेखि तलेखुबीचको भीरमा बम विष्फोट गरी अस्थायी सडक बनाइएको छ । बेँसीसहर–चामे सडकको मनाङ खण्ड भने डुम्रे–बेँसीसहर–चामे सडक योजनाअन्तर्गत निर्माण गरिएको छ । बाढीपहिरोले क्षति पुर्‍याएको करिब १५ किलोमिटर सडकको मर्मत गरिएको योजनाका कार्यालय प्रमुख इन्जिनीयर अच्युतविलास पन्तले बताए । बेँसीसहर–चामे सडक मनाङको मेरुदण्ड हो । चक्रीय अन्नपूर्ण पदमार्गको ठाउँठाउँमा अवरोध भएपछि पर्यटक यही बाटो हिँड्ने गरेका छन्न् । यो सडकबाहेक अन्त कतैबाट पनि मनाङ आउने जाने बाटो छैन । ‘यो पर्यटकीय सिजन भएकाले स्वदेशी तथा विदेशी पर्यटक आगमन बढेको छ,’ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले भने, ‘पदमार्ग नहुँदा मोटरबाटो हुँदै पर्यटक आउन बाध्य हुनुभएको छ ।’ प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बाढीपहिराले बगाएको बाटो खुलाउन सफल भए पनि पूर्णरूपमा सहजता कायम गर्न भने नसकिएको बताए । रासस

सम्बन्धित सामग्री

खुल्यो बेँसीसहर–चामे सडक

लमजुङ – पहिराले अवरुद्ध बनाएको लमजुङ र मनाङ जोड्ने एक मात्र बेँसीसहर–चामे सडक पुनः सञ्चालनमा आएको छ । आज बिहान ७ बजे गएको पहिरोले यस सडकखण्डअन्तर्गत खरखरे भीर, हवाई डाँडा, बक्स कटिङ र च्याम्चेमा अवरुद्ध बनाएको थियो । डुम्रे बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर पुरुषोत्तम अधिकारीका अनुसार बेँसीसहर नगरपालिका–६ खरखरे भीर, मस्र्याङ्दी […]

बेँसीसहर चामे सडक पूर्णरुपमा सञ्चालन

पहिरोले अवरुद्ध लमजुङ मनाङ जोड्ने बेँसीसहर चामे सडक पूर्णरुपमा सञ्चालनमा आएको छ । अविरल वर्षासँगै आएको बाढी पहिराले गत २० गतेदेखि यस सडकको विभिन्न स्थानमा पहिरो गई सडक अवरुद्ध बनाएसँगै अवरुद्ध हुँदै आएको यस सडक आजदेखि सञ्चालनमा आएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका सवइञ्जिनियर सुमन अधिकारीले बताए ।यस सडक ६५ किलोमिटरको दुरी रहेको छ । सडक अवरुद्ध हुँदा दसैँ मनाउने र दसैँ मनाएर फर्किनेलाई समस्या हुँदै आएको थियो ।

बेँसीसहर-चामे सडक पूर्णरुपमा सञ्चालन

काठमाडौँ – पहिरोले अवरुद्ध लमजुङ मनाङ जोड्ने बेँसीसहर चामे सडक पूर्णरुपमा सञ्चालनमा आएको छ । अविरल वर्षासँगै आएको बाढी पहिराले गत २० गतेदेखि यस सडकको विभिन्न स्थानमा पहिरो गई सडक अवरुद्ध बनाएसँगै अवरुद्ध हुँदै आएको यस सडक आजदेखि सञ्चालनमा आएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका सवइञ्जिनियर सुमन अधिकारीले बताए । यस सडक ६५ किलोमिटरको […]

पहिराेले डुम्रे–बेँसीसहर र बेँसीसहर चामे सडक अवरुद्ध

अविरल वर्षाले आएको पहिराेले गएरातिदेखि डुम्रे–बेँसीसहर र बेँसीसहर चामे सडक पुनः अवरुद्ध भएको छ। डुम्रे बेँसीसहर सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिराे र मस्र्याङ्दी गाउँपालिका–४ रामबजार पहिराेले बेँसीसहर चामे सडक अवरुद्ध भएको हो।...

बेँसीसहर-चामे सडक एक हप्ता बन्द हुने

काठमाडौं । लमजुङको बेँसीसहर-चामे सडक एक हप्ता बन्द हुने भएको छ । उक्त सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका-४ स्याङ्गेमा सडक ढलान कार्यका लागि आज बिहान ८ बजेदेखि एक हप्ताका लागि बन्द गरिएको हो । सडक ढलान तथा स्तोरोन्तिका लागि पूर्णरुपमा एक हप्तासम्म सवारीसाधन आवागमन रोकेर काम अघि बढ्ने डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका प्रमुख अच्युतविलास पन्तले जानकारी दिनुुभयो […]

बेँसीसहर–चामे सडक एक साता बन्द हुने

लमजुङ, असार २२ । बेँसीसहर–चामे सडक एक हप्ता बन्द हुने भएको छ । उक्त सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान कार्यका लागि आज बिहान ८ बजेदेखि एक हप्ता बन्द हुने भएको हो । सडक ढलान तथा स्तोरोन्तिका लागि पूर्णरूपमा एक हप्तासम्म सवारीसाधन आवागमन रोकेर काम अघि बढ्ने डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका प्रमुख अच्युतविलास पन्तले जानकारी […]

बेँसीसहर–चामे सडक एक साता बन्द हुने

लमजुङ । बेँसीसहर–चामे सडक एक हप्ता बन्द हुने भएको छ । उक्त सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान कार्यका लागि आज बिहान ८ बजेदेखि एक हप्ता बन्द हुने भएको हो । सडक ढलान तथा स्तोरोन्तिका लागि पूर्णरूपमा एक हप्तासम्म सवारीसाधन आवागमन रोकेर काम अघि बढ्ने डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका प्रमुख अच्युतविलास पन्तले जानकारी दिए । […]

एक साता बन्द हुने बेँसीसहर-चामे सडक

बेँसीसहर–चामे सडक एक हप्ता बन्द हुने भएको छ। उक्त सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान कार्यका लागि आज बिहान ८ बजेदेखि एक हप्ता बन्द हुने भएको हो।...

बेँसीसहर–चामे सडक एक साता बन्द हुने

लमजुङ – बेँसीसहर–चामे सडक एक हप्ता बन्द हुने भएको छ । उक्त सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान कार्यका लागि आज बिहान ८ बजेदेखि एक हप्ता बन्द हुने भएको हो । सडक ढलान तथा स्तोरोन्तिका लागि पूर्णरूपमा एक हप्तासम्म सवारीसाधन आवागमन रोकेर काम अघि बढ्ने डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका प्रमुख अच्युतविलास पन्तले जानकारी दिए । […]

बेँसीसहर–चामे सडक बन्द

काठमाडौँ,१२ असार । बेँसीसहर–चामे सडकखण्ड बन्द गरिएको छ । यस सडकखण्डको सल्लाघारी भिरमा सडक ढलान गर्नका लागि आज बिहान ६ बजेदेखि १३ गते साँझ ६ बजेसम्मका लागि सडक बन्द गरिएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका इञ्जिनीयर पुरुषोत्तम अधिकारीले बताए । उनले भने, “बेँसीसहर चामे सडकखण्डअन्तर्गत मनाङको चामे गाउँपालिका–२ सल्लाघारीमा साँघुरो सडक रहेकाले ढलान गर्नका लागि सवारीसाधन […]