नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी पारित गर्ने क्रममा देखिएको विवाद र पार्टीले लिनुपरेका निर्णयका बारेमा प्रष्टीकरण दिएका छन् । एमसीसीकै विषयमा पार्टीभित्र अन्तरसंघर्ष चर्किरहेको बेला प्रचण्डले एमसीसीको सम्बन्धमा आफूले लिएको निर्णयको बचाउ गर्दै लामो प्रष्टीकरण दिएका हुन् । एमसीसीकै विषयमा करिब आधा घण्टा बोलेका प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएरै भएपनि एमसीसी पास गर्न खोजेपछि गठबन्धनभित्र छ