एमसीसीको विरोध गर्ने भीम रावललाई प्रधानमन्त्री देउवाको कडा जवाफ

काठमाडौँ। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी)लाई ‘राष्ट्रघाति’को संज्ञा दिने नेकपा एमालेका सांसद भीम रावललाई कडा जवाफ दिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र रावल रक्षामन्त्री भएको मन्त्रिपरिषद् बैठकले एमसीसी संसदमा पेस गर्ने निर्णय गरेको भन्दै प्रधानमन्त्री देउवाले कडा प्रतिक्रिया दिएका हुन्।

सम्बन्धित सामग्री

भीम रावलप्रति प्रधानमन्त्री देउवाको आक्रोश

काठमाडौँ । नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी परियोजनाको विरोध गरेकोमा प्रतिपक्षी दल नेकपा एमालेका नेता भीम रावलप्रति आक्रोश व्यक्त गरेका छन् । नेता रावलले मन्त्री हुँदा एमसीसीको विरोध नगरेको तर अहिले विरोध गरेको भन्दै देउवा आक्रोशित भएका थिए । आज (सोमबार) नुवाकोटको किस्पाङ गाउँपालिकाको भवन उद्घाटन कार्यक्रममा बोलेका प्रधानमन्त्री देउवाले ओली सरकारले […]

माओवादी र एकीकृत समाजवादी गयल हुँदा एमाले निर्णायक

यदि ४ फागुनको संसद बैठकमा एमसीसीबारे छलफल हुने भयो भने माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरु अनुपस्थित हुने वा एमसीसीको विरोध गरेर बाहिर निस्कने बाटो रोज्न सक्छन् । त्यो बेला संसदमा उपस्थित सांसद संख्याको बहुमतका आधारमा एमसीसी पास गर्ने प्रधानमन्त्री देउवाको योजना छ ।