विशेष अदालतले खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिजनल इन्जिनियर (सिडिइ) पूर्णप्रसाद उपाध्यायलाई सफाइ दिएको छ । विभागको क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय नेपालगन्जमा कार्यरत उपाध्यायसँगै उनकी श्रीमती दूर्गा खनाल रिमाल...
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति बलभद्रप्रसाद दासले गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा सफाइ पाएका छन् । आइतबार विशेष अदालतले उनीसमेत उनकी श्रीमती पुनम दासमाथि कसूर पुष्टि नहुने फैसला गरेको...
काठमाडौं: स्याङ्जाको चापाकोटका सिनियर अहेवको ९० लाखभन्दा बढी सम्पत्ति गैरकानुनी देखिएकाे छ।चापाकोट नगरपालिकाका सिनियरअहेव विन्दु कोइरालाले सार्वजनिक सेवामा नियुक्ति पाएको २०५४ कात्तिक ५ गतेदेखि २०७८ मंसिर २१ गतेसम्मको आयव्यय जाँच गर्दा ९० लाख ३९ हजारकाे स्रोत नखुलेको पाइएकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएकाे छ।उनले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उजुरी परेपछि अनुसन्धान थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोइराला र उनकी श्रीमती गीतालाई प्रतिवादी बन
२९ भदौ, काठमाडौं । खानेपानी विभागका सिनियर डिभिजनल इञ्जिनियर राजकुमार शाक्य गैरकानूनी सम्पत्ति आर्जनको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले शाक्यमाथि २ करोड ४२ लाख ६३ हजार रुपैयाँ गैरकानूनी आर्जन गरेको ठहर गर्दै विगो र त्यति नै रकम जरिवाना हुने फैसला गरेको हो । विशेष अदालतका सदस्यहरु यमुना भट्टराई र खुसी प्रसाद […]
२२ माघ, काठमाडौं । गैरकानूनी सम्पत्ति आर्जन गर्ने परिपाटीलाई निरुत्साहित गर्न विभिन्न १८ वटा कानून संशोधन गर्ने विधेयक सोमबारको मन्त्रिपरिषदमा पेश हुने भएको छ । कानून मन्त्रालयले विधेयकको मस्यौदा स्विकृत गरेर आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा दर्ता गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार, मन्त्रिपरिषदमा पेश भएको विधेयक दफावार छलफलका लागि विधेयक समितिमा पेश […]
२९ पुस, काठमाडौं । यातायात व्यवस्था कार्यालय, सुकेधाराका पूर्व निमित्त प्रमुख गणेशप्रसाद पोखरेलमाथि गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरेलमाथि गैरकानूनी सम्पत्तिआर्जन गरेको आरोपमा १ करोठ ६ लाख रुपैंया विगो मागदावी सहित भ्रष्टाचारमुद्दा दायर गरेको हो । यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र सुकेधारा चावहिलका तत्कालीन निमित्त […]
काठमाडौं : झापा कलवलगुडीस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भीमकान्त भण्डारीले ६ करोड रुपैँयाभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको खुलेको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार भण्डारीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।भण्डारीले सार्वजनिक पदमा वहाल रहँदा पदको दुरुपयोग गरी आयआर्जन गरेको पाईएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। आराेपी भण्डारीले
उच्च सरकारी वकिल कार्यालय पोखराका तत्कालीन सहन्यायाधिवक्ता (हाल निलम्बित) सुरेन्द्रबहादुर थापाले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ६१ लाख २ हजार ७६ रुपैयाँ बिगो कायम गरी थापाविरुद्ध आरोपपत्र दायर गरिएको जनाएका छन् ।
थापाले विभिन्न कार्यालयमा पदमा बहाल रहँदा स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।
विज्ञप्तिमा उल्लेख...