अफगानिस्तानमा वर्षौसम्म अमेरिकी सेनाको अनुवादकको रुपमा काम गरेको दुई सय अफगान नागरिक घर परिवारसहित अमेरिका पुगेका छन् । अमेरिका पुग्ने अफगानिस्तानको यो पहिलो समूह हो । समूहका करिब दुई हजार ५०० अफगान छन् ।
अफगानिस्तानमा तालिबान बिरुद्धको संघर्षको क्रममा अमेरिकी सेनालाई अनुवादकको रुपमा सघाएका नागरिकलाई तालिबानले लक्षित गरी आक्रमणको घटना बढाएको छ । उक्त घटनापछि अमेरिकाले अमेरिकी सेनाका लागि काम गरेका अनुवादकलाई अमेरिका लग्ने कार्यक्रम घोषणा गरेको थियो । शुक्रबार बिहान अमेरिका अवतरण गरेका सबैजनालाई भर्जिनियास्थित फोर्ट ली सैन्य शिविरमा राखिएको छ । उनीहरुलाई करिब एक सातासम्म सैन्य शिविरमै राखिनेछ ।