केही नियुक्ति र मन्त्रालयका नियमित एजेण्डामा छलफल गर्न नेपाल सरकार मन्त्रिपरिषद्को बैठक सोमवार बस्दैछ ।
दिउँसो ३ बजेपछि मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो ।
मन्त्रालयका केही नियमित एजेण्डाका साथसाथै केही नियुक्तिको सम्भावना रहेको स्रोतले बतायो ।
सोमवारको बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त गर्ने सम्भावना रहेको स्रोतले बतायो ।
सरकार सञ्चालनका लागि सुझाव दिन गठित कार्यदलको सुझावका आधारमा सरकारले केही प्रदेश प्रमुख हेरफेरको समेत तयारी गरेको स्रोतले लोकान्तरलाई बतायो । ...