निर्वाचन आयोगले प्रदेशसभामा भएको दल विभाजनको विवरण शुक्रबार (आज) सार्वजनिक गर्ने तयारी गरेको छ । एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका प्रदेश सांसदहरुको विवरण आज सार्वजनिक हुने आयोगले जनाएको छ । त्यस्तै, जनता समाजवादी पार्टी(जसपा) छाडेर लोकतान्त्रिक समाजवादी (लोसपा) मा लागेका प्रदेश सांसदहरुको विवरण पनि सार्वजनिक गर्ने आयोगको तयारी छ ।‘आज बस्ने आयोगको बैठकले प्रदेश सभामा दल–बदल गर्नेहरुको नामावलीलाई अन्तिम रुप दिनेछ,’ निर्वाचन आयोग स्रोतले