गृहमन्त्री बालकृष्ण खाँणले नेपाली काँग्रेसका नेताहरूले सत्तारुढ गठबन्धनविरुद्ध भाषण गर्दै हिँड्न नमिल्ने बताएका छन् । गृहमन्त्री खाँणले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन अघि गठबन्धन तोड्ने पक्षमा पार्टीको केन्द्रीय समिति नरहेको उल्लेख गर्दै त्यसका विरुद्धमा पार्टीका नेताहरूले भाषणबाजी गर्दै हिँड्न नमिल्ने बताएका हुन् ।नेपाली काँग्रेसमा आबद्ध नेपाल तरुण दल, काभ्रे जिल्लाले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले गठबन्धनमा आबद्ध भएको हुनाले नेपाली काँग्रेसका नेता तथा कार्यकर