काठमाण्डाै - गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेसका नेताहरुले सत्तारुढ गठबन्धनविरुद्ध भाषण गर्दै हिँड्न नमिल्ने बताउनु भएको छ ।
नेपाली कांग्रेसका नेता समेत रहनुभएका गृहमन्त्री खाणले प्रदेश सभा र प्रतिनिधि सभा चुनावअघि गठबन्धन तोड्ने पक्षमा पार्टीको केन्द्रीय समिति नरहेको उल्लेख गर्दै त्यसका विरुद्धमा पार्टीका नेताहरुले भाषणबाजी गर्दै हिँड्न नमिल्ने बताउनु भएको हो ।
नेपाली कांग्रेसमा आबद्ध नेपाल तरुण दल, काभ्रे जिल्लाले आज काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले गठबन्धनमा आबद्ध भएको हुनाले नेपाल...