बैंकहरू किन कमजोर देखिएका होलान् ?

नेपालका बैंकहरू निकै व्यवस्थित, पारदर्शी र नियमसंगत तरीकाले चलेको मानिन्छ । राष्ट्र बैंकले निकै कडाइका साथ नियमन गरेकाले नेपालका बैंक बलिया छन् भन्ने मानिन्थ्यो तर अहिले बैंकहरूको अवस्था हेर्दा यी कुनै पनि बेला समस्याग्रस्त होलान् जस्तो देखिएको छ ।  विश्वस्तरीय सेवा दिएकाले नेपालको निजीक्षेत्रको बैंकको शान नै बेग्लै देखिन्थ्यो । बैंकको जागीर भन्नासाथ उच्च आदर दिने गरिन्थ्यो । तर, अहिले बिस्तारै बैंकप्रति यस्तो आकर्षण घट्दै गएको छ ।  शेयरबजारमा बैंकको शेयर भनेपछि हारालुछ हुन्थ्यो तर अहिले कौडीको भाउमा झरेको छ । आईपीओकै दर बराबर झरेको शेयर खरीद गर्ने मान्छे पनि पर्याप्त देखिँदैनन् । के नेपालका सबै बैंक समस्यामा परेका हुन् त ? वास्तवमा लगानी र प्रतिफलका दृष्टिले नेपालका बैंकहरू निकै कमजोर बनेका छन् । धितोमा आधारित कर्जा मात्रै प्रवाह गर्ने भएकाले तिनको लगानी सुरक्षित देखिन्छ । अर्थात् कसैले ऋण नतिरे पनि बैंकले धितो लिलामी गरेर पैसा उठाइहाल्छ ।  अहिले अर्थतन्त्रमा समस्या आएका बेला बैंकहरू समस्यामा देखिएका छन् । अहिले देखिएको समस्या बैंकको आफ्नो कारण नभएर नेपाल राष्ट्र बैंकको निर्देशन हो । मर्जरमा जान बाध्य पारियो र बैंकको आकार निकै ठूलो बनाइयो । अहिले बैंकले गरेको लगानीको अनुपातमा प्राप्त आम्दानी हेर्ने हो भने त्यो नाममात्रको छ भन्दा हुन्छ । मुद्दती खातामा प्राप्त हुने ब्याज जति पनि बैंकहरूको कमाइ छैन । त्यसमा राष्ट्र बैंकले सुरक्षणका लागि कोषमा रकम जम्मा गर्न लगाएको लगायै छ । यही कारण अहिले केही बैंकहरू लाभांश पनि दिन नसक्ने अवस्थामा छन् ।  बैंकमा अहिले अधिक तरलता छ । तर पनि बैंकहरू लगानी गर्न सकिरहेका छैनन् । पहिलो त कर्जाको माग नै कम छ । उद्योगधन्दामा लगानी नभए पछि कर्जाको माग नबढ्नु स्वाभाविक हो । आयातका लागि जाने कर्जा पनि अहिले घटेको छ । घरजग्गामा लगानी गर्न राष्ट्र बैंकले कडाइ गरेको छ । शेयर, गाडी खरीदजस्ता केही सीमित क्षेत्रमा मात्रै अहिले लगानी हुन सक्ने देखिएको छ । यसले अर्थतन्त्र माग, आपूर्ति, उत्पादन र उपभोग सबै सुस्ताएको देखाएको छ । तर, यसलाई सुधार गर्न भने सरकारले ठोस नीति लिन सकेको छैन । बजेट यसमा चुकिसकेको छ । सरकारको काम दैनिक प्रशासन सञ्चालन गर्ने, मौका पाए उद्घाटन गर्न र भाषण गर्न जाने, उद्देश्य र लक्ष्यविहीन कुतर्कका भाषण ठोकेर समाजलाई दिग्भ्रमित पार्ने काम मात्रै भएको पाइन्छ ।  अहिले बैंकहरूसँग प्रशस्त पैसा भएर पनि लगानी गर्न नसक्नुको कारण नीतिगत अनिश्चितता नै हो । कुन बेला नियामकले नियम परिवर्तन गर्छ र लगानीमा समस्या आउँछ अनि लाभांश वितरणमा समस्या हुन्छ भन्नेमा बैंकहरू सतर्क रहेको देखिन्छ । त्यसैले उनीहरू ट्रेजरी बिल आदिमा लगानी गरेर बसेका छन् । हुन त कर्जाको माग पनि घटेको छ । घरजग्गाबाहेक अन्य क्षेत्रमा कर्जाका माग नाममात्रकै भएको बताइन्छ । त्यसैले बैंकहरूले लगानीका लागि नवीन क्षेत्रको खोजी गनै ढिला गर्नु हुँदैन ।  दिनेश बाँस्तोला बानेश्वर, काठमाडौं ।

सम्बन्धित सामग्री

कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुन्छ: गच्छदार

काठमाडौं,९ असार । नेपाली कांग्रेसका पूर्व उपसभापति विजयकुमार गच्छदारले नेपालको राजनीति अस्थिरताको भूमरीमा परेको बताएका छन् । पार्टीका पूर्व महामन्त्री शशांक कोइरालाले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै पूर्वमन्त्रीसमेत रहेका गच्छदारले देशको राजनीति खराब अवस्थाबाट गुज्रिएको बताएका छन् । उनले नेपाली कांग्रेस कमजोर भएमा लोकतन्त्र कमजोर हुने भन्दै कांग्रेसलाई शसक्त ढंगबाट अगाडि बढाउनुपर्ने बताए । उनले […]

शरीरको हड्डी कमजोर हुने समस्याबाट कसरी बच्ने ?

हड्डी कमजोर हुँदा समग्र स्वास्थ्यमा असर पर्छ । हड्डी कमजोर हुन थालेपछि शरीरमा पीडाले सताउन थाल्छ । वृद्धावस्थामा हड्डी कमजोर हुने, मक्किने समस्या अलि बढी हुन्छ । बालबालिकामा यो समस्या खासै नहुने भएपनि कतिपयमा हड्डी दुख्ने समस्या हुन सक्छ । हड्डी कमजोर हुनुमा धेरै कुराको भूमिका हुन्छ । बढ्दो उमेर, सन्तुलित खानपानको अभाव, क्याल्सियम र […]

झनै कमजोर बन्यो नेपाली रुपैयाँ

२१ असोज, काठमाडौं । अमेरीकी डलरको तुलनामा भारतीय मुद्रा लगातार कमजोर बन्दा नेपाली मुद्रा पनि कमजोर बन्दै गएको छ । पछिल्लो पटक दुई साता अगाडि अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ (फेड) ले ब्याजदर वृद्धि गरेसँगै डलरसँग भारतिय रुपैयाँ (भारु) लगातार कमजोर बन्दै गएको छ । भारतीय मुद्रा कमजोर बन्दा स्थिर विनिमय दरको कारण नेपाली मुद्रा […]

नेपाली रुपैयाँ इतिहासकै कमजोर

काठमाडौं, असोज ९ । नेपाली रुपैयाँ इतिहासकै कमजोर भएको छ। नेपालको आयात घटेर वा नेपाली अर्थतन्त्रका कारण भने नेपाली मुद्रा अमेरिकी डलरको दाँजोमा कमजोर भएको होइन । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएका कारण त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको हो। नेपालले भारतीय मुदासँग नेपाली मुदाको विनिमय दर स्थीर राखेको छ। त्यसैकारण भारतीय मुद्रा […]

नेपाली रुपैयाँ इतिहासकै कमजोर

नेपाली रुपैयाँ इतिहासकै कमजोर भएको छ। नेपालको आयात घटेर वा नेपाली अर्थतन्त्रका कारण भने नेपाली मुद्रा अमेरिकी डलरको दाँजोमा कमजोर भएको होइन । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएका कारण त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको हो।नेपालले भारतीय मुदासँग नेपाली मुदाको विनिमय दर स्थीर राखेको छ। त्यसैकारण भारतीय मुद्रा बलियो भए नेपाली मुद्रा बलियो हुन्छ, अनि कमजोर भए कमजोर हुन्छ ।पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि, भारतबाट बाहिरिरहेको वैदेशिक लगानीका कारण भारु कमजोर भइरहेको भारतीय पत

नेपाली मुद्रा इतिहासकै कमजोर

डलरको तुलनामा नेपाली मुद्रा इतिहासकै कमजोर बिन्दुमा पुगेको छ। अमेरिकी डलरको भाउ हालसम्मकै उच्च भएपछि नेपाली मुद्रा डलरको तुलनामा इतिहासकै कमजोर अवस्थामा पुगेको हो।...

मधेसवादी दल मधेसमै कमजोर

काठमाडौं, जेठ ६। राष्ट्रिय दलको मान्यता प्राप्त गरेको दुई मधेसवादी दल मधेसमै कमजोर देखिएका छन् । स्थानीय तह निर्वाचनमा राम्रो परिणाम ल्याउन नसकेका जनता समाजवादी पार्टी नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) मधेसमै कमजोर देखिएका हुन् । मधेस आन्दोलनबाट स्थापित यी दुई दल पार्टी विभाजनका कारण आफ्नै उर्वरभूमि मधेसमै कमजोर अवस्थामा पुगेका हुन् […]

अर्घाखाँचीमा कांग्रेस कमजोर

अर्घाखाँची जिल्लामा अहिलेसम्म प्राप्त मतपरिणाम सार्वजनिक भए अनुसार नेपाली कांग्रेसको मतपरिणम भने कमजोर देखिएको छ।...

मनसुन कमजोर, मौसममा सुधार

विगत केही दिनदेखि सक्रिय रहेको मनसुन कमजोर भई मौसममा सुधार भएको छ ।  नेपालको तराई भूभाग नजिक रहेको मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतिर सरेकाले मनसुन आज केही कमजोर भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागका मौसमविद् सविना शाक्यले अनुसार अब केही दिन मनसुन कमजोर रहने भएकाले निरन्तरको भारी वर्षाको सम्भावना छैन । “बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका बिहानपख मौसम सफा हुने तथा मध्याह्नतिर बदली भई हल्कादेखि मध्यम वर्षा हुनेछ,” उनले भनिन्

तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद्

काठमाडौं। केही दिनदेखि सक्रिय मनसुन तत्काल कमजोर नहुने मौसमविद्ले बताएका छन्। यसवर्ष सुरुमै मनसुन सक्रिय भएर भित्रिएकाले तत्काल कमजोर हुने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् शान्ति कँडेलले जानकारी दिए। " वायुको प्रभाव अझै केही दिन कायम रहने देखिन्छ। त्यसैले केही दिन वर्षाको सिलसिला निरन्तर जारी रहन सक्छ," मौसमविद् कँडेलले बताए।रासस