दाङमा नक्कली फेसबुक आइडी खोलेर अश्लील फोटाे राखी महिलालाई अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका १५ निवासी १९ वर्षिय डेविट पुनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।
उनले विभिन्न समयमा फेक आईडीहरु खोलि महिलाहरुको फोटो राखी फेसबुक, टिकटक मार्फत अश्लिल शब्दहरू लेखी पोष्ट गरी चरित्र हत्या गरेको र सम्झाउन खोज्दा उल्टै पिडितसंग हातपात तथा अभद्र व्यवहार गरेका थिए । पुनलाई असार ६ गते पक्राउ गरी अभद्र व्यवहार गरेको कस...